कविता

एउटा गहिरो मौनता

नैना अधिकारी

 

 

हिजोका घटनाहरू जस्तै
आजका घटनाहरू पनि
लेखिनेछन्
इतिहासका पानाहरूमा
कुनै काला अक्षरले
कुनै सुनौला
के कहिले चिच्याउलान् त !
ती सबै कुरा
इतिहासको पानाबाट बाहिर निस्केर,
ती अक्षरहरूले
के कहिले माग्लान् त
मानवताले जोगाएर राखेका
अँध्यारा रातका ती सबै घटनाहरूको हिसाब
सुनसान सडक
सुतेको छ
गहिरो मौनता ओढेर
यत्तिकैमा
दृश्यमान हुन्छ
एउटा निर्मम दृश्य
फिजिन्छ चारैतिर
एउटा
कहालीलाग्दो चीत्कार
तर,
चिच्याउँदो आत्माको रोदन सुनेर
बन्द गर्छन् सबैले
आफ्ना कानहरू
इतिहासका सुनौला अक्षरहरू
नखोज्ने उन्माद हुल
चौबाटाको बिचमा सजाइएका
ती तीन मूर्तिको
अनुहार
फेरिएको छ –
एउटाले आँखामा पहेँलो चस्मा लगाएको छ
अर्काको कानमा खाँदिएको छ इयरफोन
बजिरहेको छ पप सङ्ग
तेस्रोको जिब्रो
निरङ्कुश लपलपाइरहेछ बाहिर
दृश्य दृश्यमान हुँदै थियो
द्रुत गतिमा
अनि अगाडि उभिएको थियो
एउटा लामो भिड
सभ्यता र संस्कृतिको बोझ जस्तै
जीवित
मूर्तिको रूपमा ।

 

सोनापुर आसाम, भारत

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल