द लिटरेरी सोसाइटी अफ भुटानमा पुनः राई

दमक, २७ साउन /  भुटानी शरणार्थी शिविर सहित समग्र भुटानी नेपाली सृजनात्मक गतिविधिमा सक्रिय द लिटरेरी सोसाइटी अफ भुटानको साधारणसभाले पुनः तिलक राईको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

भुटानको सामाजिक गतिविधिका अगुवा बलराम पौडेलको प्रमुख आतिथ्यतामा दमकस्थित बेलडाँगी शिविरस्थित कार्यालयमा सम्पन्न कार्यक्रममा नयाँ समिति सर्वसहमत रुपमा चयन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि पौडेलले सृजनाको क्षेत्रबाट आम भूटानीलाई राजनीतिक रुपले सचेत बनाउँदै स्वदेश फर्किने भावना जागृत गराउने कुरामा समेत लाग्नुपर्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

 

 

साधारणसभाले समितिको उपाध्यक्षमा दिल भुटानी, सचिवमा वीरेन मगर, कोषाध्यक्षमा थिरु घिमिरे ‘विकल्प’ तथा सदस्यहरुमा, अविलाल राई, गनेस धिमाल, मिरादेवी घिमिरेलाई चयन गरेको छ ।

 

बन्दशत्रमा अध्यक्ष तिलक राईले भूटानी साहित्यको संक्षिप्त सिंहलोकन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष थिरु घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भनें विधानमा समेत छलफल गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल