द लिटरेरी सोसाइटी अफ भुटानमा पुनः राई

beldangi

दमक, २७ साउन /  भुटानी शरणार्थी शिविर सहित समग्र भुटानी नेपाली सृजनात्मक गतिविधिमा सक्रिय द लिटरेरी सोसाइटी अफ भुटानको साधारणसभाले पुनः तिलक राईको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

भुटानको सामाजिक गतिविधिका अगुवा बलराम पौडेलको प्रमुख आतिथ्यतामा दमकस्थित बेलडाँगी शिविरस्थित कार्यालयमा सम्पन्न कार्यक्रममा नयाँ समिति सर्वसहमत रुपमा चयन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि पौडेलले सृजनाको क्षेत्रबाट आम भूटानीलाई राजनीतिक रुपले सचेत बनाउँदै स्वदेश फर्किने भावना जागृत गराउने कुरामा समेत लाग्नुपर्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

 

 

साधारणसभाले समितिको उपाध्यक्षमा दिल भुटानी, सचिवमा वीरेन मगर, कोषाध्यक्षमा थिरु घिमिरे ‘विकल्प’ तथा सदस्यहरुमा, अविलाल राई, गनेस धिमाल, मिरादेवी घिमिरेलाई चयन गरेको छ ।

 

बन्दशत्रमा अध्यक्ष तिलक राईले भूटानी साहित्यको संक्षिप्त सिंहलोकन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष थिरु घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भनें विधानमा समेत छलफल गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन