अनेरास्ववियु दमक क्याम्पसमा आन्तरिक विवाद

अनेरास्ववियु दमक क्याम्पसको नव गठित कमिटीमा विवाद , अबैधानिक ढंगले कमिटी गठन गरिएको भन्दै २२ सदस्यको लिखित असन्तुष्टि

दमक, साउन २८/ नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु)को दमक क्याम्पस कमिटीमा “लफडा” भएको छ ।

आइतबार क्याम्पसको सभाहलमा सम्पन्न भएको २० औ सम्मेलनले भिजन चेम्जोङको अध्यक्षतामा ३३ जनाको कमिटी निर्माण गरेको थियो ।

रोहन लामा अध्यक्षरहेको अध्यक्ष मण्डलले आफुखुसी नाम राखेर हुकुमी शैलीमा कमिटी गठन गरेको भन्दै गठित सो समितिमा ३३ मध्ये २२ जनाले लिखित असहमति जनाएका छन ।

” मनोनयन दर्ता गरिएका उम्मेदवारको सहमति बिना आपसी मतभेद रहेकै अवस्थामा अध्यक्ष मण्डलले हुकुमी शैलीमा अवैधानिक कमिटी गठन गरेकोले बाकी प्रक्रिया पूरा गरी कमिटी निर्माणमा आवश्यक पहल गरिदिन जोडदार माग गरिएको छ । ” असहमति प्रकट गरिएको पत्रमा उल्लेख गरिएको छ ।

अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्ली लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनको बन्द सत्रले आवश्यक प्रक्रियानै पूरा नगरी कमिटीको नाम घोषणा गरिएको बताईएको छ ।

 

अध्यक्ष मण्डलका एक सदस्य तथा नेकपा एमाले दमक नगर कमिटी सदस्य एंव अनेरास्ववियु इन्चार्ज खेम सापकोटाका अनुसार ५ जनाको अध्यक्ष मण्डलले सहमति गर्न नसकेपछि यो विषय कि पार्टीलाई कमिटी गठनको जिम्मा दिने वा निर्वाचन गराउने भन्नेबारेमा छलफल भइरहेको थियो । “तत्काल रात परेकोले अर्को दिन नेतृत्वसग बसेर के गर्ने भन्ने बारेमा छलफल गरि निर्णय गर्ने भन्ने बारेमा छलफल हुँदै गर्दा अध्यक्ष र अन्य केही सदस्यले अहिलेनै कमिटी घोषणा गर्ने भनेपछि हामीहरु असहमति जनाउदै बाहिरिएका थियौ । त्यसपछि उहाहरुले कमिटी घोषणा गर्नु भयो , त्यो कसरी र केके आधारले गर्नु भयो त्यो भने हामीलाई थाह छैन ” सापकोटाले उज्यालो खबरसग कुरा गर्दै जानकारी गराउनु भयो ।

यता कमिटी घोषणा गर्नेहरु मध्ये अध्यक्ष मण्डलकै सदस्य तथा अनेरास्ववियु झापाका सचिव समेत रहनु भएका बालचन्द्र कार्कीले सापकोटाको कुरा स्विकार्दै भन्नू भयो ” हामीले ५ जना मध्ये ३ जनाको मात्र हस्ताक्षरमा कमिटी घोषणा गरेका हौ ।”
३३ मध्ये २२ जनाको असहमतिलाई कसरी सुल्झाउनु हुन्छ? भन्ने उज्यालोको प्रश्नमा कार्कीले भन्नू भयो ” यसलाई थप छलफल गरी निर्णयमा पुर्याएर विवाद समाधानमा लाग्ने छौ ।”

 

लामो समयदेखि अधिवेशन नगरी निष्क्रिय बनेको दमक क्याम्पसको अनेरास्ववियु २०७२ सालमा १९ औ अधिवेशन आयोजक कमिटी बनेको थियो । त्यो बेला पनि अहिलेकै अध्यक्ष चेम्जोङ अध्यक्ष हुनुहुन्थ्यो । उहाकै नेतृत्वमा गत स्ववियु चुनाव भयो । तर परिणाम अनेरास्ववियुको पक्षमा भएन । त्यसपछि थप निष्क्रिय रहेको यो कमिटीलाई नेकपा एमाले दमक नगर कमिटीले सापकोटालाई विद्यार्थीको इन्चार्ज तोकेपछी २० औ अधिवेशन गर्न अर्को १५ सदस्यीय आयोजक कमिटी गठन गरिएको थियो ।

 

यो कमिटी गठन भएपछि थप २७ वटा कक्षामा कक्षा कमिटी गठन गरियो । पुराना र थपिएका कक्षा कमिटीबाट ३/३ जना प्रतिनिधि ल्याएर आइतबार २० औ अधिवेशन सम्पन्न गरियो । तर सो अधिवेशनले घोषणा गरेको कमिटिनै अवैध रहेको भन्दै कमिटीकै पदाधिकारी तथा सदस्यहरुले असहमति जनाएका छन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा