"अनेरास्ववियु दमक क्याम्पसमा आन्तरिक विवाद "

अनेरास्ववियु दमक क्याम्पसको नव गठित कमिटीमा विवाद , अबैधानिक ढंगले कमिटी गठन गरिएको भन्दै २२ सदस्यको लिखित असन्तुष्टि

दमक, साउन २८/ नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु)को दमक क्याम्पस कमिटीमा “लफडा” भएको छ ।

आइतबार क्याम्पसको सभाहलमा सम्पन्न भएको २० औ सम्मेलनले भिजन चेम्जोङको अध्यक्षतामा ३३ जनाको कमिटी निर्माण गरेको थियो ।

रोहन लामा अध्यक्षरहेको अध्यक्ष मण्डलले आफुखुसी नाम राखेर हुकुमी शैलीमा कमिटी गठन गरेको भन्दै गठित सो समितिमा ३३ मध्ये २२ जनाले लिखित असहमति जनाएका छन ।

” मनोनयन दर्ता गरिएका उम्मेदवारको सहमति बिना आपसी मतभेद रहेकै अवस्थामा अध्यक्ष मण्डलले हुकुमी शैलीमा अवैधानिक कमिटी गठन गरेकोले बाकी प्रक्रिया पूरा गरी कमिटी निर्माणमा आवश्यक पहल गरिदिन जोडदार माग गरिएको छ । ” असहमति प्रकट गरिएको पत्रमा उल्लेख गरिएको छ ।

अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्ली लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनको बन्द सत्रले आवश्यक प्रक्रियानै पूरा नगरी कमिटीको नाम घोषणा गरिएको बताईएको छ ।

 

अध्यक्ष मण्डलका एक सदस्य तथा नेकपा एमाले दमक नगर कमिटी सदस्य एंव अनेरास्ववियु इन्चार्ज खेम सापकोटाका अनुसार ५ जनाको अध्यक्ष मण्डलले सहमति गर्न नसकेपछि यो विषय कि पार्टीलाई कमिटी गठनको जिम्मा दिने वा निर्वाचन गराउने भन्नेबारेमा छलफल भइरहेको थियो । “तत्काल रात परेकोले अर्को दिन नेतृत्वसग बसेर के गर्ने भन्ने बारेमा छलफल गरि निर्णय गर्ने भन्ने बारेमा छलफल हुँदै गर्दा अध्यक्ष र अन्य केही सदस्यले अहिलेनै कमिटी घोषणा गर्ने भनेपछि हामीहरु असहमति जनाउदै बाहिरिएका थियौ । त्यसपछि उहाहरुले कमिटी घोषणा गर्नु भयो , त्यो कसरी र केके आधारले गर्नु भयो त्यो भने हामीलाई थाह छैन ” सापकोटाले उज्यालो खबरसग कुरा गर्दै जानकारी गराउनु भयो ।

यता कमिटी घोषणा गर्नेहरु मध्ये अध्यक्ष मण्डलकै सदस्य तथा अनेरास्ववियु झापाका सचिव समेत रहनु भएका बालचन्द्र कार्कीले सापकोटाको कुरा स्विकार्दै भन्नू भयो ” हामीले ५ जना मध्ये ३ जनाको मात्र हस्ताक्षरमा कमिटी घोषणा गरेका हौ ।”
३३ मध्ये २२ जनाको असहमतिलाई कसरी सुल्झाउनु हुन्छ? भन्ने उज्यालोको प्रश्नमा कार्कीले भन्नू भयो ” यसलाई थप छलफल गरी निर्णयमा पुर्याएर विवाद समाधानमा लाग्ने छौ ।”

 

लामो समयदेखि अधिवेशन नगरी निष्क्रिय बनेको दमक क्याम्पसको अनेरास्ववियु २०७२ सालमा १९ औ अधिवेशन आयोजक कमिटी बनेको थियो । त्यो बेला पनि अहिलेकै अध्यक्ष चेम्जोङ अध्यक्ष हुनुहुन्थ्यो । उहाकै नेतृत्वमा गत स्ववियु चुनाव भयो । तर परिणाम अनेरास्ववियुको पक्षमा भएन । त्यसपछि थप निष्क्रिय रहेको यो कमिटीलाई नेकपा एमाले दमक नगर कमिटीले सापकोटालाई विद्यार्थीको इन्चार्ज तोकेपछी २० औ अधिवेशन गर्न अर्को १५ सदस्यीय आयोजक कमिटी गठन गरिएको थियो ।

 

यो कमिटी गठन भएपछि थप २७ वटा कक्षामा कक्षा कमिटी गठन गरियो । पुराना र थपिएका कक्षा कमिटीबाट ३/३ जना प्रतिनिधि ल्याएर आइतबार २० औ अधिवेशन सम्पन्न गरियो । तर सो अधिवेशनले घोषणा गरेको कमिटिनै अवैध रहेको भन्दै कमिटीकै पदाधिकारी तथा सदस्यहरुले असहमति जनाएका छन ।

 

Share: