त्रिवेणी साहित्य मञ्चले लघुकथामार्फत साहित्यकारलाई जोड्दै

अमेरिका, २९ साउन/ अमेरिकाको पेन्सिलभेनियामा स्थापित त्रिवेणी साहित्य मञ्चले नेपाली भाषामा लेखिएका लघुकथाहरूको संग्रह प्रकाशन गर्ने तयारी गरेको छ ।

 

मञ्चले विश्वमा रहेका नेपालीहरूले नेपाली भाषामा लेखिएका उत्कृष्ट लघुकथाहरूलाई एकसाथ संकलन गरी पुस्तकको रूपमा प्रकाशन गर्न लागेको त्रिवेणी साहित्य मञ्च अध्यक्ष केशव बैरागी माइलोले जानकारी गराउनु भएको त्यहाँस्थित हाम्रा सहयोगी पत्रकार अर्जुन प्रधानले जनाउनु भयो ।

 

 

यस संग्रहमा समावेश गर्न चाहने लेखकहरूले आफ्ना मौलिक र अप्रकाशित २५० शब्दसम्मका लघुकथाहरू असोज मसान्तसम्ममा पठाउन मञ्चले सूचनामार्फत अनुरोध गरेको छ । सामाजिक सद्भावलाई प्रोत्साहन गर्ने खालका विषयवस्तुहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ ।

 

मञ्चले सन् २०१७ मा स्थापना भएदेखि नै नेपाली भाषा, साहित्य, र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै आइरहेको सचिव नारद आचार्य सुदामाले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा