आइटिएफ तेक्वाण्डोको समापन

११ तौल समुहको खेल प्रदर्शनसँगै सकियो जिल्ला स्तरिय आइटिएफ तेक्वाण्डो प्रतियोगिता

 

दमक/
झापाको दमकमा आज प्रथम जिल्ला स्तरिय आइटिएफ तेक्वाण्डो प्रतियोगिता सम्पन्न भएको छ ।
दमक नगर खेलकुद विकास समिती अन्तर्गतको दमक नगर आइटिएफ तेक्वाण्डो उप-समितीले आयोजना गरेको प्रतियोगितामा जिल्लाभरका १ सय ५१ जनाले खेल प्रदर्शन गरेका थिए ।

२० केजी देखी ७५ केजी तौल सम्ममा ११ वटा तौल समुह बनाएर प्रतियोगीता गराइएको थियो । जसमा २० देखी २० केजी तौल समुहमा महिलमा सेरम सुनुवार दमक पूरुष तर्फ कृतेश राई दमक, २५ देखी ३० केजी तौल समुहमा महिला र मूरुष तर्फ क्रमश दिलाशा राई र अनिस तामाङ रहेका छन् । दुवै जन दमकका नै हुन ।

यस्तै ३० देखी ३५ वर्ष उमेर समुहमा दमकका स्मृती राई र कपिल धिमाल प्रथम भए । यस्तै ३५ देखी ४० केजी तैल भएको समुहबाट दमककै प्रतिमा धिमाल र रज्जित मगर ,४० देखी ४५, ४५ देखी ५०, ५० देखी ५५ , ५० देखी ६० , ६० देखी ६५ , ६५ देखी ७० र ७० देखी ७५ वर्ष सम्मको तौल समुहम क्रमश महिला र पूरुषमा अस्मिता राई र जिवन सुवेदी, निकिता सुवेदि र जोन मगर, प्रतिस्था राई र लोकेश लिम्बु, निशा ताजपुरिया र दिपर्सन राई, इशा लिम्बु र भुपेन्द्र चौहान, रिया लिम्बु र बिशाल लिम्बु अनी प्रकृति लिम्बु र सन्देश दर्जी प्रथम भएका छन् ।

बिजेताहरुलई नगद पुरस्कार सहित, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । बिजेत मध्ये प्रथम , द्धितिय र तृतियलाई क्रमश १५, १० र ५ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।