आइटिएफ तेक्वाण्डोको समापन

११ तौल समुहको खेल प्रदर्शनसँगै सकियो जिल्ला स्तरिय आइटिएफ तेक्वाण्डो प्रतियोगिता

 

दमक/
झापाको दमकमा आज प्रथम जिल्ला स्तरिय आइटिएफ तेक्वाण्डो प्रतियोगिता सम्पन्न भएको छ ।
दमक नगर खेलकुद विकास समिती अन्तर्गतको दमक नगर आइटिएफ तेक्वाण्डो उप-समितीले आयोजना गरेको प्रतियोगितामा जिल्लाभरका १ सय ५१ जनाले खेल प्रदर्शन गरेका थिए ।

२० केजी देखी ७५ केजी तौल सम्ममा ११ वटा तौल समुह बनाएर प्रतियोगीता गराइएको थियो । जसमा २० देखी २० केजी तौल समुहमा महिलमा सेरम सुनुवार दमक पूरुष तर्फ कृतेश राई दमक, २५ देखी ३० केजी तौल समुहमा महिला र मूरुष तर्फ क्रमश दिलाशा राई र अनिस तामाङ रहेका छन् । दुवै जन दमकका नै हुन ।

यस्तै ३० देखी ३५ वर्ष उमेर समुहमा दमकका स्मृती राई र कपिल धिमाल प्रथम भए । यस्तै ३५ देखी ४० केजी तैल भएको समुहबाट दमककै प्रतिमा धिमाल र रज्जित मगर ,४० देखी ४५, ४५ देखी ५०, ५० देखी ५५ , ५० देखी ६० , ६० देखी ६५ , ६५ देखी ७० र ७० देखी ७५ वर्ष सम्मको तौल समुहम क्रमश महिला र पूरुषमा अस्मिता राई र जिवन सुवेदी, निकिता सुवेदि र जोन मगर, प्रतिस्था राई र लोकेश लिम्बु, निशा ताजपुरिया र दिपर्सन राई, इशा लिम्बु र भुपेन्द्र चौहान, रिया लिम्बु र बिशाल लिम्बु अनी प्रकृति लिम्बु र सन्देश दर्जी प्रथम भएका छन् ।

बिजेताहरुलई नगद पुरस्कार सहित, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । बिजेत मध्ये प्रथम , द्धितिय र तृतियलाई क्रमश १५, १० र ५ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।