काभिड बुटि भाग ३ श्रींखला बुटि ५

ओमिक्रोन आए दमकका विद्यालयले पढाइ बन्द गर्छन ? के छ विद्यालय र नगरको पूर्व तयारी ? भिडियो सहित

 

 

दमक/

कोभिडको नयाँ भेरिण्ड ओमिक्रोनको जोखिम हरेक दिन बढ्दै गएको छ । योसँग लड्न सबैले अनिवार्य खोप लगाउनु पर्छ । सरकारले पनि यहि कुरालाई जोड दिइरहेको छ । तर विद्यालय स्तरका बालबाबालिकाले अहिले सम्म खोप पाएका छैनन् । यस्तो अवस्थामा कोरोनाको ओमिक्रोन भेरियण्ड आएमा विद्यालयको पठन पाठनमा पहिलै जस्तो अवरोध पर्ने हो कि भन्ने चिन्ता चुलीन थालीसक्यो । ओमिक्रोन आएपनि विद्यालय पठन पाठनमा अवरोध नहोस भन्नकालागि नगरपालिका र विद्यालय आफैको पूर्व तयारी के छ भन्नेबारेमा कोभिड बुटिको तेस्रो भाग अन्तर्गतको पाँचौ श्रींखलामा समेटिएको छ ।

दमक ३ मा रहेको ढुकुरपानी माद्यमिक विद्यालयले अहिले आफ्नो इन्टरेनट सुविधाको क्षमता बिस्तार गरेको छ । विद्यालय सहित आसपासको १ किलोमिटर सम्मका बालबालिकाहरुले विद्यालयकै इन्टरनेट चलाउन सक्ने भएका छन् । हरेक विद्यार्थीलाई निशुल्क डेटा चलाउन मिल्ने मोवाईल सिमकार्ड वितरण गरिसिकिएको छ । यी कुरा सबै विद्यार्थीसम्म यस अघिको कोरोनाका बेलामा नै बिस्तार गरिएको हो । अहिले विद्यालय भौतीक रुपमा सञ्चालन भएपनि फेरि कोरोनाको नयाँ भेरियण्ट आएमा विद्यालयले आफ्ना पठन पाठन नरोक्ने गरिका सबै तयारीहरु गरिरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद भण्डारीले बताउनु भयो । यसकालागि विद्यालयले सबै विद्यार्थीलाई जोड्ने सुरक्षीत अनलाईन पाठशाला र माई सेकेण्ड टिचर नामक एप्स पनि विद्यार्थीको हात हातमा पुर्याइसकेको छ । घरमै बसाएर पनि विद्यालयको भन्दा प्रभावकारी शिक्षा दिन विद्यालय तयारी अवस्थामा रहेको प्रधानाध्यापक भण्डारीले बताउनु भयो ।

यस्तै दमक ८ मा रहेको झापा मोडल माद्यमिक विद्यालयले पनि आमिक्रोन आएपनि पठन पाठन नरोक्ने गरिका पूर्व तयारी गरिसकेको छ । विस्वका विभिन्न मुलुकुले ओमिक्रोनकै कारण विद्यालय बन्द गरिरहेको थाह पाएर झापा मोडलले पनि बैकल्पीक शिक्षण सिकाईका उपायहरुलाई तदारुकताका साथ राखेको छ । यसह अघिनै विद्यार्थीसँग सु परिचित गराइएको सुरक्षीत एप्स सकृय छ । यसमा विद्यालयमा हुने पढाई भन्दा पनि अझ प्रभावकारी हुने दावी विद्यालयका प्रधानाध्यापक सागर श्रेष्ठको रहेको छ । जुम एप्स असुरक्षीत हुने भन्दै विद्यालले बेग्लै एप्स तयार पारेको छ । यसमा शिक्षकहरुले गृह कार्य दिने देखि लिएर परिक्षा सम्म सञ्चालन गर्ने सविधाहरु छन् । विषय सम्बन्धी हेर्ने पर्ने भिडियो, विभिन्न स्लाईड तथा तस्बिरहरु पनि अलपोड गर्न मिल्ने साथै त्यसमा विद्यार्थीलाई लागेका कुरा तुरुन्तै अभिव्यक्त गर्न समेत पाइने भएकोले विद्यालय ओमिक्रोन आएपनि आफ्नो पठन पाठनलाई नरोक्ने गरि आफ्ना सम्पूणर् तयारीका साथ बसेको प्रधानाध्यापक श्रेष्ठले बताउनु भयो ।

यता दमक नगरपालिकाले पनि सबै विद्यालयलाई विकल्पकका बारेमा छलफल गर्न निर्देशन दिइसेको छ । विद्यार्थीको सिकाई कार्य नरोकिन विद्यालयमा केके कुराको अभाव छ त्यसको सुचि बनाएर नगरमा पेष गर्न नगरपालिकाले निर्देशन गरिसकेको नगरका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले बताउनु भयो । यस अघि नै दमकमा रहेका सबै सामुदायीक विद्यालयमा इन्टरनेट नपुगेकामा त्यसको जडान , पुगीसकेकामा त्यसको क्षमता बृद्धि गर्नका साथै शिक्षकहरुलाई वैकल्पिक सिकाईका बारेमा तालिम र परामर्ष गराइसेको न्यौपानेले जानकारी दिनुभयो ।

पछिल्लो समय ओमिक्रोनका संक्रमित नेपालमा पनि बढ्न थालेको छ । यसका लागि सरकारले खोपलाई प्राथमिकता दिइरहेको छ । तर बालबालिका यसबाट अझै पनि बञ्चित भइरहेका छन् । त्यसैले कतीपय विज्ञले बालबालिकाले खोप नपाएसम्म तत्कालै विद्यालय बन्द गर्न पनि सुझाव दिइरहेका छन् । आम्दा अस्पताल दमकका एनेस्थेसियोलोजिष्ट डा. नबिन ढकालले खोपको पहुँच नपुको विद्यालय बन्द गर्न सुझाव सहितको पोष्ट सामाजिक सञ्जालमै राख्नु भएको छ । यसले पनि नयाँ भेरियेण्ट बालबालिकाका लागि चुनौती बन्ने देखिएको छ । यसमा सबै सर्तक हुन पनि चिकित्सकले सुझाव दिएका छन् ।

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,