चुलाचुलीमा लागुऔषध दुव्र्यसनमुक्त घरदैलो अभियान

चुलाचुली, ३२ साउन  दक्षिणी इलामको चुलाचुलीमा लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रणका लागि घरदैलो अभियान थालिएको छ ।

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका-३ बाट यसखाले कार्यक्रमको थालनी भएको छ ।
पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुऔषध विरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनु भयो ।

 

पहिलो चरणमा कुलतमा फसेका ६० जना युवा पहिचान गरी उनीहरुका घरदैलोमा गएर अभिभावकसँग छलफल गरी दुव्र्यसनबाट अलग गराई समाजमा पुनःस्थापनाको प्रयास भएको जनाउनु भयो । अभियानका क्रममा सन्देशमूलक सामग्रीहरुको प्रदर्शनी, लागुपदार्थ र लागुऔषधले गर्ने हानीबारे जानकारी दिने गरिएको छ ।

 

 

प्रारम्भिक चरणमा सरोकारवालासँग अन्तक्र्रिया, अनुभव आदानप्रदान र सुझाव सङ्कलन गरी कुलतमा फसेका युवा र उनीहरूका अभिभावकसँग संयुक्त अन्तक्र्रिया, विभिन्न टोल तथा विद्याललयमा लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन भएको उहाँले जानकारी गराउनु भयो । कुलतमा फसेकाहरुलाई पालिकामा उपस्थित गराएर कुलतबाट मुक्त भएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई समाजमा पुनःस्थापना गराइने गाउँपालिकाको योजना छ ।

 

खुला सीमाका कारण भारतीय बजारबाट लागुऔषध भित्र्याउने, विभिन्न स्थानमा पुर्याएर बेच्ने तथा प्रयोग गर्ने क्रम पूर्वका गाउँ गाउँमा रहेको छ ।

Share: