हिमताल फुटेर सोलुखुम्बुमा १४ घर बगायो

दमक, ३२ साउन सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको बाढीले १४ घर बगाएको छ ।

 

 

शुक्रबार दिउँसो हिमताल फुट्दा लेदो सहितको बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूणर् क्षति भएको र ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । मानवीय क्षतिको विवरण यकिन नभएको बताउनु भयो ।

 

त्यहाँस्थित पालिकाहरुले सूचना जारी गर्दै दूधकोशी सहितका नदी किनारका वस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगेर जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पैतृक सम्पत्तिमा छोरीको अविच्छिन्न अंश अधिकार र वंशीय उत्तराधिकार

  दमक, २६ फागुन । ​नेपालको न्यायशास्त्रमा पैतृक सम्पत्तिमा छोरीको अधिकार अहिले ‘छनोट’ को विषय नभई ‘बाध्यात्मक कानुनी हक’ को रूपमा स्थापित भइसकेको छ। नेपालको

गौरादहका मेयर कुट्नेका विरुद्ध बोल्यो मानव अधिकार संघठन

दमक, २५ फागुन | गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि भएको आक्रमणको घटनाप्रति नेपाल मानव अधिकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले आज एक प्रेस

गौरादहका मेयर कुट्ने सिटौलालाई १० दिनको म्याद थप, अब के हुन्छ?

दमक, २५ | फागुन । गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीलाई छापड हानेको आरोपमा पक्राउ परेका एक जनामाथि अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप पाएको

‘आवश्यकता अनुसार एमालेमा नेतृत्व परिवर्तन हुन सक्छ’ : नेता बराल

उहाँले भन्नुभयो, “नेकपा एमाले जनताको पार्टी हो। जनताकै मुद्दा र एजेण्डा बनाएर राज्य सञ्चालनको नेतृत्व पनि गर्‍यो। तर त्यसको अनुभूति नागरिकले गर्न सकेनन्। पछिल्लो समय नागरिकसँगको हाम्रो सम्पर्क पनि कमजोर बन्दै गयो।”