विद्यार्थीको चौतर्फी विकासमा जोड

सरस्वती माविमा विद्यार्थीको सृजनशीलता अभिबृद्धिमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम

दमक, १ भदौ ।
तरबारबाट आफ्नो सीमा तोक्न नखोज ।
संसार जित्ने कमललाई रोक्न नखोज ।

पूर्वका पुराना गजलकार भूपेन्द्रराज तिम्सिनाले शुक्रबार दमक ९ स्थित सरस्वती माद्यमिक विद्यालय इटाभट्टाका विद्यार्थीमाफ यो गजल शेर सहित सृजनात्मक प्रस्तुति दिनु भयो । विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा बाहिरका सृजनशील विषयका बारेमा जानकारी गराउन विद्यालयले सञ्चालन गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रममा उहाँले सृजनशील कसरी बन्ने भन्ने विषयको यसरी उठान गर्नु भएको थियो ।

 

सो कार्यक्रम अन्तर्गत उज्यालो खबरका सम्पादक समेत रहनुभएका तिम्सिनाले उद्घोषणकला सहित सृजनात्मक अभिव्यक्तिका बारेमा जानकारी गराउनु भयो । पत्रकार चिरञ्जीवि घिमिरेले पत्रकारिता, नाट्यकर्मी दीपक खरेल र पूर्व विद्यार्थी गंगा खतिवडाले नाटक, प्रवीण पाठकले प्रभावकारी अभिव्यक्ति, विवेक निरौलाले हस्त लेखन, कृष्ण साहले नृत्य र निशा नेपालीले गायनका बारेमा जानकारी प्रस्तुत गरेर विद्यार्थीहरुलाई सृजनशीलताप्रति उत्सुक बनाउने काम गर्नुभयो ।

 

सानिमा बैंक दमकका अपरेशन म्यानेजर रोशन खड्काले बैंकको डिभिटल सेवाका बारेमा उल्लेख गर्दै प्रविधिको सही सदुपयोगमा ध्यान दिनुपर्ने विषय औंल्याउनु भयो ।

 

 

विद्यालयले विभिन्न क्षेत्रका जानकारहरुलाई आमन्त्रण गरेर प्रत्येक शुक्रबार अतिरिक्त सिकाईमध्येमा पनि जीवनका लागि बढी महत्व राख्ने विषयमा केही सिकाईको कोशिषमा कार्यक्रमको थालनी गरेको छ । विद्यार्थीलाई कितावी ज्ञानभन्दा बाहिरको परिवेश व्यवहारिक तबरले बुझ्न मद्धत पुर्याउने ठानेर ‘बुक फ्रि फ्राइडे’ सुरु गरिएको प्रधानाध्यापक सिताराम ढकालले बताउनु भयो ।

 

विद्यालयले शिक्षक लोकनाथ गजुरेलको संयोजकत्वमा ‘बुक फ्रि फ्राइडे’ समिति गठन गरी विभिन्न विषयका बाहिरी ज्ञान प्रदान गर्ने कार्य थालनी गरेको हो । समितिको सदस्यमा हिम्मत खड्का र लक्ष्मण पाण्डे रहनु भएको छ ।

 

 

सरस्वती माविको पूृर्व विद्यार्थी समाजका अध्यक्ष प्रेम कुँवर सहितका अगुवाहरु समेत कार्यक्रममा उपस्थित भएर विद्यार्थीलाई बाहिरी ज्ञान लिनमा प्रोत्साहित गर्नुभयो ।

 

शिक्षालयमा पठनपाठन गर्नुभनेको किताबमात्र पठाउनु होइन । पाठ्यपुस्तकको विषय सहित सृजनात्मक र व्यवहारिक ज्ञान समेत दिनु आजको सिकाईको आवश्यकता हो । यसमा पनि सामुदायिक विद्यालयले थालेको यसखाले कार्यक्रमले सिकाईलाई थप प्रभावकारी बनाउने देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ