विमलको खण्डकाव्य ‘उडान’ को लोकार्पण

दमक, २ भदौ  भारतको सिलगढीस्थित चम्पासरी, मिलनमोडको लिटल एञ्जल्स विद्यालयमा सो क्षेत्रका कवि विमल खतिवडा माइलाको पहिलो खण्डकाव्य कृति ‘उडान’को भव्य समारोहबीच लोकार्पण भएको छ ।

 

क्याप्टेन नेउपाने फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा चम्पासरी छेत्रबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान समेत गरिएको छ ।
चम्पासरी नेपाली परिषद्की अध्यक्ष शुष्मा गुरुङको अध्यक्षताको कार्यक्रममा नेपालका ख्यातिप्राप्त साहित्यकार डा. देवी नेपालले पुस्तको विमोचन र सम्मानितहरुलाई सम्मान प्रदान गर्नुभयो ।

 

मुक्तक, गजल, कविता आदि विधामा कलम चलाउनुहुने कवि माइलाले खण्डकाव्यबाट आफ्नो साहित्यिक कृति प्रकाशनको सुरुवात गर्नुभएको सिक्किमकी गीताश्री शर्माले जानकारी गराउनु भयो ।

Share: