गाइजात्रा पर्व

आज गाईजात्रा अर्थात सापारु पर्व , कसरी र किन मनाइन्छ ? भिडियोमा हेरौं

दमक, भदौ ४/

आज गाइजात्रा पर्वको दिन । यो पर्व विशेष गरी नेवारी समुदायले मनाउने गर्दछन् । जनैपूणर्िमाको भोलिपल्ट अर्थात भाद्र शुक्ल प्रतिपदाको दिन गाइजात्रा पर्दछ ।

 

 

यो पर्वमा मानिस गाइको रुपमा सजिइ जात्रा गर्ने भएकोले ‘गाइजात्रा’ भनिएको हो । नेवारी संस्कृतिमा यसलाई ‘सापारु’ भनिन्छ । ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ हुन्छ । यस पर्वमा नेवार समुदायमा पितृहरुको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने परम्परा छ । योसँगै ‘लाखे नाच’ समेत नाचिन्छ र भजन कीर्तन पनि गरिन्छ ।

 

 

पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई शोकबाट भुलाउन राजा प्रताप मल्लबाट थालिएको साँस्कृतिक जात्रा यसरी परम्पराका रुपमा अघि बढेको इतिहास छ ।

 

 

काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा मात्र नभई विदेशमा रहेका नेपालीहरुले पनि धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । अर्थात यो नेपाली समाजको एक महत्वपूणर् पर्व हो ।

 

 

नेवार संस्कृतिबाट सुरू भएको जात्रा अहिले नेपाली समाजमा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । गाईजात्राको सन्दर्भ पारेर हाँस्यव्यंग्य प्रहसन सहितका रमाइला कार्यक्रम आयोजना हुने गरेका छन् ।

 

 

गाइजात्राको महत्व र यसले साँस्कृतिक तथा सामाजिक क्षेत्रमा पार्ने प्रभावका सन्दर्भमा झापाको दमकमा सम्पन्न हुने गाईजात्रा व्यवस्थापनको मुख्य जिम्मेबारी सम्हाल्नु भएका एकजना अगुवासँग हामीले कुराकानी गरेका छौं । गाइजात्रा व्यवस्थापन समितिका संयोजक राजकुमार श्रेष्ठसँग उज्जालो खबरका कार्यकारी सम्पादक भूमिराज पराजुलीले गर्नुभएको संवाद यहाँ प्रस्तुत गरेका छौं ।

 

आफन्तको शोक भुलाउने परम्पराबाट आएको यो पर्व नेपाली संस्कृतिको एउटा महत्वपूणर् निधि हो । मानवीय संवेदनासँग जोडिएको यसखाले पर्वले मान्छेका मन कठोर बन्नबाट जोगाउन समेत मद्धत पुर्याउछ । हुन त देश अझैपनि अस्थिर राजनीतिको गाइजात्राबाट माथि उक्सिन सकेको छैन । यस्तो अवस्थामा हाम्रा यसप्रकारका मौलिक संस्कार जोगाउँदै समग्र मुलुकको अवस्था सुधार्न सुझाव दिने हिसावले पनि गाइजात्राले दर्विलो सन्देश दिदै जानु आवश्यक देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा