झापामा कक्षा ११ मा उत्कृष्ठ हुनेहरुलाई हिसानको पुरस्कार ( भिडियो हेरौं)

दमक, ९ भदौ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले कक्षा ११ को परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विभिन्न संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

 

बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी हिसानले उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।

 

कक्षा ११ को विज्ञान संकायको परीक्षामा ग्लोबल एकेडेमी दमकका रुपेश नेपाल जिल्ला प्रथम र निदि सेकेन्डरी स्कुलका विजय पाण्डेले दोस्रो भएर पुरस्कृत बन्नु भयो । बिजनेस स्टडीतर्फ एकता एकेडेमी दमकका मेलिसा भट्टराई प्रथम, न्युटन्स एजुकेसन एकाडेमीकी सावित्रा न्यौपाने दोस्रो हुनुभयो । बिर्ता मोडलकी निर्जला राई, निदि स्कुलका अमित कट्टेल, ग्लोबलकी निर्जला निरौला र एमिटीका जेनिस भण्डारी तेस्रो बनेर पुरस्कृत हुनुभयो । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ५ हजार, ४ हजार र २ हजारका दरले पुरस्कृत गरिएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख जीवन गड्तौलाले विद्यार्थीको रुचि, योग्यता, क्षमता पहिचान गर्न सके मात्रै दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउनु भयो । विश्वसनीय र वैधता हुने गरी विद्यालय तहमा मार्किङ स्किम बनाएर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने उहाँको सुझाव छ ।
सो अवसरमा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले अहिलेका विद्यार्थीलाई ज्ञान दिएर मात्रै नपुग्ने भन्दै सीप प्रदान गर्नु महत्वपूर्ण पक्ष भएर आएको बताउनु भयो ।

बिर्तामोड नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले विद्यार्थीलाई भविष्यका कर्णधार भनेर मात्र नपुग्ने बताउँदै उनीहरूलाई वर्तमानका साझेदारका रुपमा बुझ्नुपर्ने उल्लेख गर्नुभयो ।

 

हिसान झापाका सचिव देवेन्द्र हुमागाईंका अनुसार उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई हिसानले निरन्तर प्रेरित र प्रोत्साहित गर्दै आइरहेको छ । उत्कृष्ट भएका विद्यार्थीले मासिक शुल्कमा समेत छात्रवृत्ति पाउने व्यवस्था रहेको सचिव हुमागाईंले जानकारी दिए ।

 

कार्यक्रमका अध्यक्ष हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीले उत्कृष्ठ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई हिसानले निरन्तर प्रेरित र प्रोत्साहित गर्दै आइरहेको जनाउँदै कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा