भवन निर्माणको बजेट समेत माग गर्दै मन्त्रालयमा डेलिगेशन

पथरी, १० भदौ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको बजेट सहितका योजना माग गर्दै नगरपालिकाका जनप्रतिनिधिहरूको टोली संघीय मन्त्रालयमा डेलिगेसन गएको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढेसँगै डेलिगेसन टोलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका अध्यक्ष, पूर्वमन्त्री एवं नेकपा (एमाले) का सचिव योगेश भट्टराई, पूर्वमन्त्री नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल सहितलाई भेटेको छ । नगरप्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशी राई , नगरप्रवक्ता नवीन कार्की, वडाध्यक्ष नैना राई सहितको टोलीले भेट वार्ता गरेको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाको भूमि समस्या समाधान पहल समितिका सचिव देवेन्द्र वनेम तथा पदाधिकारी सहितको सो टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीसँग आवश्यक छलफल गरेको छ । जग्गा सम्बन्धी समस्यालाई समाधान गर्नका लागि पूर्व मन्त्री भानुभक्त ढकाल, लेखा समितिका सभापति ऋषिकेश पोख्रेल, मोरङ निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद् डा. शुनिल शर्मा, शहरी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी र सचिवसँग भेटघाट तथा छलफल गरी ध्यानाकर्षण गराएको छ ।

 

आफ्नै प्रशासनिक भवन निर्माणका लागि संघीय सरकारको निर्णयलाई पनि पर्खिरहेको पथरी नगरपालिकाका जनप्रतिनिधिहरूको भ्रमण टोलीले जग्गा प्राप्तिका लागि समेत मन्त्रालयमा छलफल गरेको नगर प्रवक्ता नवीन कार्कीले जनाउनु भयो ।
नगरको १५ औं नगर सभाले कूल ८ करोड ४१ लाख ८ हजार रूपैयाँ मध्येंबाट पालिकाको प्रशासनिक भवन बनाउन कूल ४ करोड ७० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ ।

 

टोलीले वडा न ४, ८,९ र १० वडाहरूलाई छुँदै गएको मनमोहन गान्धी मार्गको निर्माणमा भएको ढिलासुस्तीले त्यहाँका स्थानीय जनप्रतिनिधि तथा आम जनसमुदायले भोगेको दुःखको विषयमा ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनका प्रमुख तथा उर्जा राज्यमन्त्री पुर्णबहादुर तामाङलाई समेत सिंहदरवारमा भेटेर सुस्त गतिको निर्माण कार्यलाई गति दिन अनुरोध समेत गरेको छ । भेटमा अब चाँडै काम पुनः सुरु गरेर आगामी चैतसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

 

सोही क्रममा टोलीले डा. सुनिल शर्मासँग सुनझोरा पुल निर्माण, पथरी डाईनिया सडक, मनमोहन गान्धी सडक, वडा नम्बर ३ झोलुगें पुल लगायतका विषयमा पहल बढाइदिन पनि छलफल गरेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ