पथरी शनिश्चरेमा २५ जनामा डेंगु संक्रमण, ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम

पथरी, १२ भदौ ।  मोरङको पथरी शनिश्चरेमा डेंगुको संक्रमण बढेपछि त्यसको रोकथाम तथा नियन्त्रण सम्बन्धि कार्यक्रम वडा वडामा सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

 

यस क्रममा वडा नम्बर ३ मा डेंगु संक्रमण वृद्धि भएसँगै बुधबार वडा कार्यालयले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबारे बजारमा ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सम्पन्न गरिएको छ ।

 

विशेष गरेर वडाको पिपल चौक, सेर्मा चौक, सगरमाथा टोल र मगर टोलमा डेंगु संक्रमण भएपछि वडावासीलाई सतर्क रहन सो कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सिअहेव एकराज खत्रीले सहजीकरण गर्नुभएको थियो । वडाध्यक्ष विजय लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । अब वडाले हरेक टोल टोलमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गर्ने वडाध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।
वडाले यसभन्दा अघि पनि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम गर्दै आइरहेको आधारभूत स्वास्थ्य केन्द्रका अहेव आशिष गौतमले जानकारी गराउनुभयोे । नगरपालिकामा हालसम्म २५ जनाई डेंगु संक्रमण भएको स्वास्थ्य शाखाले जनाएको छ ।

 

कार्यक्रममा वडाका विद्यालयका प्रअहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, वडाका स्वयंसेविका र वडावासीहरुको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका