अनिताको ‘कृष्ण कालेले’ म्यूजिक भिडियो सार्वजनिक

दमक, भदौ १३/  दमक २ निवासी नवोदित गायिका अनिता बुढाथोकीले कृष्ण भजन सार्वजनिक गर्नु भएको छ ।

 

बुढाथोकीको शब्द, संगीत र स्वरमा सजिएको सो भजनको म्यूजिक भिडियो अनिता बुढाथोकी नामक यूट्युब च्यानलमा अपलोड गरिएको सो भजनमा कृष्णको चर्चा गरिएको छ । भजनमा ‘मेरो मन चोरी लग्यो कृष्ण कालेले’ रहनी रहेको छ । सानै उमेरदेखि गीत संगीतमा रुची राख्ने बुढाथोकीको यो पहिलो सिर्जना हो ।

कृष्णको भजन दर्शकहरुले बढि रुचाउने र आफुपनि कृष्णकै भक्त भएकोले पहिलो भजन कृष्णकै लीलाको बारेमा गाएको बुढाथोकीले उज्यालो खवरसँग बताउनु भयो ।

 

भजनको म्यूजिक भिडियो दमक ७ स्थित राधाकृष्ण मन्दिर, कमल पाडाजुँगीस्थित रतुवामाई बृक्षारोपण आयोजना क्षेत्र लगायतमा ठाउँमा छायांकन गरिएको छ ।
म्यूजिक भिडियोमा अनिता स्ययम् मुख्य पात्रका रुपमा प्रस्तुत हुनु भएको छ । मौसम बुढाथोकी र सुनैना भट्टराईलाई कृष्ण र राधाको रुपमा प्रस्तुत गरिएको छ ।
सुसन तोलाङ्गीले कैद गरेको भिडियोलाई मनु सिलवालले सम्पादन गर्नु भएको छ । भिडियो निर्देशन राम बुढाथोकीको रहेको छ ।

 

 

५ मिनेट लामो रहेको भजन नृत्य गर्न प्रोत्साहन गर्नेखालको छ । काव्या रेकर्डस दमकमा रेकर्ड गरिएको भजनलाई दर्शक सामु ल्याउनु निकै चुनौती पार गर्नुपरेको बुढाथोकीले बताउनु भयो ।

 

मुक्तिनाथ विकास बैंकको उर्लाबारीमा कार्यरत उहाँले कार्यालयको कामपछि बचेको समयको सदुपयोग गर्दै गीत सार्वजनिक गनुभएको हो । अब अर्को वर्ष शिवजीको भजन निकाल्ने योजनामा रहेको पनि उहाँले सुनाउनु भयो ।

Share: