मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार

दमक, १४ भदौ / लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ ले मदन पुरस्कार पाउने भएको छ ।

 

 

मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार कुशल पत्रकार समेत रहनुभएका मैनालीको ‘मुकाम रणमैदान’लाई दिने निणर्य गरेको हो । सो पुस्तक नेपाल र अंग्रेजबीचको युद्धको बखानको विषयमा रहेको छ ।

 

साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निणर्य भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।  दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ ।

Share: