दमक, १४ भदौ / साहित्यकार तथा लोकतान्त्रिक योद्धा दिव्यविक्रम नेम्वाङको पाँचौं स्मृति दिवसका अवसरमा शुक्रबार बिर्तामोडमा भारत दार्जीलिङ्का प्रसिद्ध युवाकवि राजा पुनियानी पुरस्कृत हुनु भएको छ ।
दिव्यविक्रम नेम्वाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्वाङको अध्यक्षता र आख्यानकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा मुलतः नेपालीभाषी कवि तथा अनुवादक पुनियानीलाई नगद रु ३० हजारसहित टोपी, मफलर र सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा, विराट किराती, अग्रज स्रष्टा विष्णुकुमार भट्टराई, हरिनारायण भट्टराई साहित्यकार नरेश शाही ( दार्जीलिङ्) डीएल प्रधान (मिरिक) सुरज गुरुङ, गेहेन्द्र प्रधान (दार्जीलिङ्),कविहरु अभागी थेगुवा, चन्द्र गुरुङ, अमित थेवे, प्रदिप मेनेङ्वो, लीला अनमोल, चित्रा पौडेल, सुनिता तामाङ, सेलिङ केसी, राजकुमार सुव्वा, हिम्मत नेम्वाङ, वन्दना नेम्वाङ, तिलकुमार नेम्वाङ, समिरबाबु कट्टेल, मेची पुत्र लगायतको उपस्थिति रहेको थियो।
कवि सुन्दर कुरुपको स्वागत मन्तव्य पछि कवि प्रकाश थाम्सुहाङले दिव्यविक्रम नेम्वाङको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयो। प्राध्यापक अस्मिता विष्टले कवि राजा पुनयानिको व्यक्तित्व परिचय पश्चात भब्यताका साथ कवि पुनयानीको सम्मान गरिएको थियो । कविहरु अभागी थेगुवा, लिला अनमोल, राजकुमार सुव्वा, चित्रा पौडेल, सुनिता तामाङ,चन्द्र गुरुङ, अमित थेवे लगाएतले आफ्ना शक्तिशाली रचना प्रस्तुत गर्नु भएको गजलकार विवश बलिभद्र कोइरालाले जनाउनु भयो ।