जीवनको संघर्ष, अनुभव र प्राप्ती

‘रित्तो झोला’भित्र भरिएको जीन्दगी (भिडियोमा हेरौ)

दमक,भदौ १९

शिक्षा सेवी तथा सामाजिक अभियन्ता दुर्गा अधिकारीले लेख्नु भएको जीवनी तथा यात्रा सस्मरण पुस्तक ‘रित्तो झोला’को विमोचन गरिएको छ ।

दमक ९ क्याम्पसमोडस्थित निजी निवासमा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सो पुस्तकको कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओली, प्राध्यापक मोहन भण्डारी, साहित्यकार दुर्गा देवी काफ्ले लागायतले संयूक्त रुपमा विमोचन गर्नु भएको हो ।

कोशी प्रदेशसभाका प्रदेश सभा सदस्य होम बहादुर थापाले पुस्तक विमोचनमा आफ्ना शुभकामना राख्दै भन्नु भयो ‘पुस्तक रित्तो झोला’ बास्तवमा रित्तो छैन । यहाँ जीवनको दर्शन छ । जीवनको उतारचढावबारेको चर्चा छ । देश र विदेशको अनुभव छ । त्यसैले पनि यो पुस्तक सबैकालागि महत्पूणर् र सान्दर्भिक छ । ’

 

 

 

कार्यक्रममा विषेश अतिथि दमक नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओलीले पुस्तकको नाम रित्तो झोला भनिएपनि जीवन परिवर्तन गर्न सक्ने थुप्रै कुरा यसभित्र रहेको उल्लेख गर्नु भयो । मान्छे रित्तै जन्मन्छ र रित्तै मृत्यु हुन्छ भन्ने कुराको चरितार्थ सो पुस्तकले गरेको उल्लेख गर्दै त्यसबीचमा गरिएका संघर्ष चाँही महत्वपूर्ण संग्रह रहेकोले पुस्तकको खास महत्व रहेको बताउनु भयो ।

 

 

विमोचनपछि बोल्दै सो पुस्तकलाई अन्तिम रुप दिन अथक प्रयास गर्नु भएका र पाण्डुलिपिको अध्ययन गर्नु भएका प्राच्य विज्ञान प्रतिष्ठानका अध्यक्ष एवं दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक मोहन भण्डारीका अनुसार पुस्तकमा जीवनको बुझाई, गहिराई र सिङ्गो अनुभव रहेकोले सबैकालागि एउटा प्रेरणाको श्रोत बन्न सक्ने उल्लेख गर्नु भयो ।

 

 

साहित्यकार काफ्लेले भन्नु भयो ‘लेखक अधिकारी सेवा निवृत्त शिक्षक, शिक्षण पेशाबाट अवकास लिएका प्राय व्यक्तिहरु सिर्जशील भएको पाइएको छ । यो उहाँको छैटौ कृति हो । ‘रित्तो झोला’ले जीवनको संघर्ष, अनुभव र प्राप्ति लगायतका कुरालाई राम्रोसँग व्याख्या गरेको छ ।’

 

पुस्तकको भाषा सम्पादन देवराज अधिकारीले गर्नु भएको छ भने यसको प्रकाशक सुस्मा तिम्सिना पोखरेल रहनु भएको छ । पुस्तकको बजार मुल्य २ सय ५० रुपैँया निर्धारण गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा