चार दिन अघि नावालिग छोरीहरूको ज्यान लिएर कहाँ गएकी थिइन यी आमा ?

दमक, भदौ १९
मृत्यू भएका आफ्ना दुई छोरीलाई विष खुवाएर ज्यान लिएर बेपत्ता भएको अभियोगमा प्रहरीले अस्मिता न्यौपानेलाई बिर्तामोडमा फेला पारी पक्राउ गरेको छ ।

आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष खुवाएर हिँडेको आशङ्का गर्दै प्रहरीले न्यौपानेलाई प्रहरीले खोजीरहेको थियो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-७ स्थित केरा बगानभित्र २ नावालिग मृत फेला परेका थिए ।

नावालिग मृत फेला परेको ५ दिनपछि आमा अस्वस्थ अवस्थामा बिर्तामोडमा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

शारीरिक हिसाबले कमजोर अवस्थामा भेटिएकी अस्मिताको विराटनगर स्थित कोशी अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।

घरमा श्रीमानसँग विवाद भएपछि आमा अस्मिताले सँगै लिएर गएको भनिएका २ नाबालिग छोरी गत शनिवार दिउँसो मृत फेला परेका थिए ।

अस्मिता सुन्दरहरैँचा-७ मा श्रीमान् अर्जुन कार्कीसँग बस्दै आएकी थिइन् ।

कार्कीका नाबालिगहरु छोरीहरू १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केरा घारीभित्र मृत फेला परेका थिए ।

Share: