अमेरिकामा नेवारी संस्कृति महोत्सव

अमेरिकामा नेवारी संस्कृति र युवा सहभागिता महोत्सव, उज्यालो खबरकर्मी प्रधानसहित सम्मानित

अमेरिका, २० भदौ /  अमेरिका नेवार समाजले ओहायोको क्लीवल्याण्डमा दोस्रो पटक भेटघाट कार्यक्रम २०२४ आयोजना गरी नेवारी संस्कृति र युवा सहभागिता महोत्सव सम्पन्न गरेको छ ।

 

कार्यक्रममा अमेरिकास्थित उज्यालोखबरकर्मी अर्जुन प्रधानसहित ज्येष्ठ नागरिककासाथै गीतसंगीत, साहित्य क्षेत्रका व्यक्तित्वहरु सम्मानित हुनुभएको छ । प्रधानलाई कला, साहित्य, संस्कृति, पत्रकारिता तथा समाजसेवामा योगदान पुर्याएकोमा कदरपत्रले सम्मानित गरिएको हो । कार्यक्रममा साहित्यमा निरन्तर योगदान पुर्याएकोमा साहित्यकार लीला निशा प्रधान (सुब्बा), नर प्रधानद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मार्फत पहिलो डेब्यु गरेकी नेवारी भाञ्जी आयुषा समाल, र नेपाली चलचित्रकी सफल नायिका मेलिना मान्धरलाई सम्मान गरिएको छ । त्यस्तै, गीत-संगीतमा भक्त प्रधान, ललिता प्रधान र गायिका मिलन नेवारलाई कदरपत्रले सम्मान गरियो ।

 

रेडियो नेपालका वरिष्ठ बांसुरी वादक सुशील विश्वकर्मा र अन्य सहयोगीहरूले मौलिक नेवारी बांसुरीको धुनबाट कार्यक्रममा स्वागत गरिँदा नेपाल झलझली स्मरण भएको थियो ।

 

कार्यक्रममा नेवारी संस्कृतिको धिमे नृत्यका साथै अमेरिकाका विभिन्न राज्य र क्यानडाबाट पनि युवाहरूले अभिनय, गायन, र नृत्य प्रस्तुत गरेका थिए । नेवार समाज ग्रेटर क्लीवल्याण्डले ६५ वर्षभन्दा माथिका सत्तरी जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेर नेवारी समुदायका नयाँ पुस्तालाई प्रोत्साहित गरेको थियो । कार्यक्रममा अमेरिका, क्यानडा, र न्युजिल्यान्डका नेवारी समुदायको बाक्लो उपस्थिति रहेको थियो । बालबालिकादेखि ज्येष्ठ नागरिकहरूले नेवारी पोशाकमा आएर कला, साहित्य, र सांस्कृतिक पहिचान देखाएका थिए, जसप्रति प्रचारप्रसार संयोजक कमल प्रधानले खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

 

 

कार्यक्रमका सभाध्यक्ष गणेश प्रधानले नेवार जातिहरूको एकतामा बल भएको उल्लेख गर्दै यसलाई निरन्तर अघि बढाउन युवाहरूको महत्वपूणर् भूमिका रहनुपर्ने भन्दै नयाँ समितिका लागि स्वेच्छाले सहभागिता जनाउन आग्रह गर्नुभयो । यसैक्रममा सात केन्द्रीय समितिलाई आयोजकले कदरपत्रबाट सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै सम्मानित पत्रकार अर्जुन प्रधानले नेवार जातिहरूको विकास तथा भाषा, साहित्यप्रतिको अभ्यास सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रममा नेवारीहरूमा साझा लक्ष्यहरू प्राप्त गर्न र चुनौतिहरू पार गर्नमा नेवारी युवाहरूको भूमिका र योगदानका विषयमा अंकित प्रधान, एन्जल प्रधान, मैसमी प्रधान, हिरण प्रधान, आकास प्रधान, सन्तोष प्रधान, जेम्स प्रधानले मन्तव्य व्यक्त गर्नुभयो । शिक्षा, कला, खेलकुदमा उत्कृष्ट स्थानमा रहेका युवाहरूलाई युवा संयोजक द्रौपदी प्रधान र लाल प्रधानका साथ विशेष अतिथिहरूले सम्मान गर्नु भएको थियो ।

 

 

कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति र नेपाली संगीतकी बहुप्रतिभाशाली गायिका मिलन नेवारले नेवारी पोशाकमा सजिएर मञ्चबाट आफ्नो अनुभव र युवाहरूलाई गीत-संगीतमा लाग्न प्रेरणा दिनुभएको थियो ।

साथमा, नेवारी कलाकारहरू कृष्ण प्रधान, ललिता प्रधान, जीवन प्रधान, लाल प्रधान र भक्त प्रधानले आफ्नो कलाबाट सबैलाई मनोरञ्जन दिलाउनु भयो ।

 

 

यसरी, नेवार समाज अमेरिकाको दोस्रो भेटघाट कार्यक्रमले नेवारी समुदायको एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको सांस्कृतिक संयोजक नारायण प्रधानले जानकारी गराउनु भयो र सबै सहयोगी दाताहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल