भव्य भयो तीज

दमकमा तिज ः कहाँ कहाँ कस्तो देखियो ? ड्रोन दृष्य सहित हेरौं

 

दमक, २० भदौ ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइएको छ ।

 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

 

 

 

धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले तिजको व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हहले बताएका छन ।

 

 

 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर तिज समापन हुन्छ । तिजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् ।

 

यही क्रममा झापाको दमकमा पनि केहि ठाउँमा औपचारिक कार्यक्रमको आयोजना गरी तिज मनाइएको छ ।
दमक ९ स्थित क्याम्पसमोडमा गीत, नृत्य, भजन, सङ्गीनी तथा कविता वाचनको प्रतियोगितानै गराएर तिज मनाइएको छ ।

 

 

अखिल नेपाल महिला संघ वडा नं ९ र दिदी बहिनी बचत समूहको संयूक्त आयोजनामा सामूहिक नृत्य सहित तिज मनाइएको छ ।
प्रतियोगितामा सहभागी भएर उत्कृष्ट भएकाहरुलाई पुरस्कारको पनि व्यवस्था गरिएको अनेम सघं कोशी प्रदेश सचिवालय सदस्य दुर्गा खनाल काफ्लेले जानकारी दिनु भयो ।

 

यस्तै दमक ५ मा रहेको धनेश्वर शिव पाञ्चायन मन्दिरमा पनि तिजको कार्यक्रम गरिएको छ । ब्रतालुहरुको उल्लेख्य उपस्थितीमा खुला रुपमा नाचगानका साथै मनोरञ्जनात्मक कार्यक्रम समेत मन्दिरमा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र कार्कीले जानकारी दिनु भयो ।

यसै गरी दमक ६ स्थित पशुपति मन्दिरमा राष्ट्रिय गायिका कोमल वलीको उपस्थीतीमा भव्य तिज कार्यक्रम सम्पन्न भएको छ । उहाँले बिभिन्न तीज गीत गाउँदै सहभागी ब्रतालुहरुलाई नचाउनु भएको थियो भने आफुले समेत मञ्चबाटै नृत्य गर्नु भएको थियो ।

 

उल्लासमय उपस्थिती रहेको पशुपति मन्दिरमा गायिका ओली फर्केसकेपछि पनि ब्रतालुहरुले धुमधामकासाथ नृत्य गर्दै तिज मनाएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा