सनातनीको ससक्त आन्दोलन

दमक गौहत्या प्रकरण, देशव्यापी आन्दोलनको घोषणा(भिडियो हेरौ)

दमक, भदौ २१
दमकमा बुधबार राति गोठबाटै गाई चोरी गरेर गोठ नजिकै हत्या गरिएपछि त्यसको चौतर्फी आलोचना हुन थालेको छ ।

राप्रपाले बुधबारनै घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै प्रहरी प्रशासनलाई ज्ञापनपत्र बुझाईसकेको छ भने दमकमा ठूलो जनमानस भेला पारी रथ यात्रा निकाल्ने समितिले पनि पत्रकार सम्मेलन गरेर गौ हत्याको विरोधमा प्रेस विज्ञप्ति जारी गरेको छ ।

बिहिबार राधाकृष्ण मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै रथ यात्रा व्यवस्थापन समिति तथा दमकमा रहेका विभिन्न धार्मिक संघसस्थाहरुको तर्फबाट संयूक्त विज्ञप्ति निकाल्दै यसका संयोजक रोहित आचार्यले भन्नु भयो ‘धार्मिक अशहिष्णुता र सद्भाव भड्काउने यस्ता घटना निन्दनीय छन् । गौ हत्या गर्ने जोसुकै भएपनि कडा कार्वाही हुन पर्यो ।’

 

गत बुधबार राति दमक २ का लक्ष्मण बिष्टको गर्विणी  गाई दमक १ स्थित गोठकै छेउमा मारेर फालिएको थियो ।यसका विरुद्धमा दमक मात्रै नभएर देशभरका सनातनी आस्थावानहरु एकजुट हुनुपर्ने शंखराचार्य पीठका अध्यक्ष लक्ष्मी प्रसाद खतिवडाले बताउनु भयो । धर्मनिरपेक्षताको आडमा नियोजीत ढंगले गरीएको यो घटना भन्दै शंखराचार्य खतिवडाले बताउनु भयो भोली गएर राज्यले यो अपराध गर्ने अपराधीलाई पागल भन्दै छोड्न सक्छ, त्यसको प्रतिकार गर्न पनि तयार हुन आवश्यक छ ।

 

प्रहरी प्रशाषनलाई आगामी आईतबार सम्म अनुसन्धान गर्न समय दिने र त्यस बिचमा अपराधी पक्रउ नपरे देशव्यपी आन्दोलन गर्ने पनि समितीले निणर्य गरेको रथ यात्रा व्यवस्थापन समितीका सचिव प्रेम भट्टराईले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा