सनातनीको ससक्त आन्दोलन

दमक गौहत्या प्रकरण, देशव्यापी आन्दोलनको घोषणा(भिडियो हेरौ)

gau hatya_20240906_194657_0000

दमक, भदौ २१
दमकमा बुधबार राति गोठबाटै गाई चोरी गरेर गोठ नजिकै हत्या गरिएपछि त्यसको चौतर्फी आलोचना हुन थालेको छ ।

राप्रपाले बुधबारनै घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै प्रहरी प्रशासनलाई ज्ञापनपत्र बुझाईसकेको छ भने दमकमा ठूलो जनमानस भेला पारी रथ यात्रा निकाल्ने समितिले पनि पत्रकार सम्मेलन गरेर गौ हत्याको विरोधमा प्रेस विज्ञप्ति जारी गरेको छ ।

बिहिबार राधाकृष्ण मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै रथ यात्रा व्यवस्थापन समिति तथा दमकमा रहेका विभिन्न धार्मिक संघसस्थाहरुको तर्फबाट संयूक्त विज्ञप्ति निकाल्दै यसका संयोजक रोहित आचार्यले भन्नु भयो ‘धार्मिक अशहिष्णुता र सद्भाव भड्काउने यस्ता घटना निन्दनीय छन् । गौ हत्या गर्ने जोसुकै भएपनि कडा कार्वाही हुन पर्यो ।’

 

गत बुधबार राति दमक २ का लक्ष्मण बिष्टको गर्विणी  गाई दमक १ स्थित गोठकै छेउमा मारेर फालिएको थियो ।यसका विरुद्धमा दमक मात्रै नभएर देशभरका सनातनी आस्थावानहरु एकजुट हुनुपर्ने शंखराचार्य पीठका अध्यक्ष लक्ष्मी प्रसाद खतिवडाले बताउनु भयो । धर्मनिरपेक्षताको आडमा नियोजीत ढंगले गरीएको यो घटना भन्दै शंखराचार्य खतिवडाले बताउनु भयो भोली गएर राज्यले यो अपराध गर्ने अपराधीलाई पागल भन्दै छोड्न सक्छ, त्यसको प्रतिकार गर्न पनि तयार हुन आवश्यक छ ।

 

प्रहरी प्रशाषनलाई आगामी आईतबार सम्म अनुसन्धान गर्न समय दिने र त्यस बिचमा अपराधी पक्रउ नपरे देशव्यपी आन्दोलन गर्ने पनि समितीले निणर्य गरेको रथ यात्रा व्यवस्थापन समितीका सचिव प्रेम भट्टराईले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन