गुणस्तरीय शिक्षाको प्रयास

विद्यालयसँग नगरपालिकाको २४ वटा सूचकमा सम्झौता

पथरी, २७ भदौ ।  मोरङको पथरी शनिश्चरे नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न नगरले २४ वटा सूचकमा आधारित रहेर विद्यालयका प्रधानाध्यापकहरुसँग सम्झौता गरेको छ ।

 

बिहीबार शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पथरी शनिश्चरे नगरपालिकाको हलमा प्र.अ. तथा शिक्षा शाखाबीच कार्यसम्पादन करार सम्झौता कार्यक्रम भएको हो । नगरको सामाजिक विकास समितिका अध्यक्ष जीवन खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षा शाखा प्रमुख नवीन खुलालले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न नगरले प्र.अ.हरुसँग २४ वटा सूचकमा आधारित रहेर सम्झौता गरेको बताउनु भयो ।

 

 

यसैगरी, कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरूले हासिल गर्नुपर्ने न्यूनतम मापदण्ड तयार गरी सबै विद्यालयमा वितरण गरिएको थियो ।

 

 

कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, विद्यालयका प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका