असोज ५ बाट हुने पथरी शनिश्चरे गोल्डकपको तयारी पुराहुँदै

पथरी, १ असोज ।  मोरङको पथरी शनिश्चरे १, जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा असोज ५ देखि १२ गतेसम्म सञ्चालन हुने पथरी शनिश्चरे गोल्डकपको तयारी पुरा हुँदै आएको छ ।

 

पथरी ११ फुटबल क्लबको आयोजनामा ए डिभिजनका ८ टिमको सहभागिताको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

‘ए’ डिभिजनका राष्ट्रिय फुटवल टिम संकटा फुटबल क्लब काठमाडौँ, ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, सलहेश यूवा क्लब सिरहा, यूकेएफसी भारत, धरान सिटी फुटबल क्लब सुनसरी, पाँचथर क्लब फिदिम, झापा ११ फुटबल क्लब र आयोजक इन्ट्रा पथरी– ११ फुटबल क्लब गरी जम्मा ८ वटा टिमले प्रतियोगितामा भाग लिने खेल संयोजक जितन राईले जनाउनु भयो ।

 

प्रतियोगिताको मुख्य सहयोगीको रूपमा पथरी शनिश्चरे नगरपालिका र इन्ट्रा इन्टरनेसनल फाउण्डेशन अफ अमेरिका भएको जनाउँदै आयोजक समितिका अध्यक्ष सुमन विकले प्रतियोगिताको प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः ३ लाख र दुई लाख रुपैयाँ, मेडल, ट्रफी प्रदान गरिने बताउनु भयो ।

 

प्रथम पुरस्कार हाल अमेरिकमा बस्दै आएका सिजर एण्ड सिस्टर नेपाल प्रतिनिधिसँग यस अघि संझौता भएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई पनि जनही नगद १० हजार सहित मेडल र ट्रफीले पुरस्कृत गरिने अध्यक्ष विकले जनाउनु भयो ।

 

प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित खेलाडीलाई जनही ५ हजार रूपैयाँ, मेडल र ट्रफीले पुरस्कृत गरिनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका