अष्टलक्ष्मी सहकारीको १८औ साधारणसभा

पथरी, ३ असोज /
पथरीशनिश्चरे नगरपालिकाको अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारणसभा बिहीबार भव्यताका साथ सम्पन्न भएको छ।

 

नगरको एक मात्रै महिलाहरूको साझा सहकारीको रुपमा परिचित सो सहकारी संस्थाले आफ्नै निजी भवनमा सो सम्पन्न गरेको सभामा संस्थाकी सचिव सिर्जना राईले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा २०८१/०८२ को लागि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँले सो संस्थामा हाल २ हजार २४ जना शेयर सदस्य रहेको बताउँदै उक्त हाल शेयर पुँजी तर्फ १ करोड ४४ लाख ८६हजार ४ सय रुपैयाँ, १० करोड ५१ लाख १९ हजार १०१ कुल बचत र ९ करोड १४ लाख १७ हजार ६ सय ४० रूपैयाँ ऋण लगानी रहेको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

 

साथै, उहाँले  २०८१/०८२ को लागि ज्येष्ठ महिला सदस्य सम्मान, एकल महिला सदस्य सम्मान, संस्था स्थापना दिवस मनाउने कार्यक्रम, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता सम्मान तथा पुरस्कार आदिलाई निरन्तरता दिइने आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।
सोही अवसरमा संस्थाकी कोषाध्यक्ष जानुका श्रेष्ठले २०८०/०८१ को एक करोड ४४ लाख ८६ हजार ४ सय रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सो साकोसले आयकर पछिको १८ लाख ७१ हजार ११५ रूपैयाँ शुद्ध नाफा गरेको सभामा प्रस्तुत गरिएको थियो।

 

साकोसकी अध्यक्ष दुर्गा सुवेदी दंगाल र सोही संस्थाकी पूर्वअध्यक्ष वीना राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको सो साधारणसभामा ज्येष्ठ सेयर सम्मान, एकल महिला सम्मान, उत्कृष्ट बालबचत पुरस्कार, उत्कृष्ट ऋण कारोबारकर्ताहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका