बुद्धिचालमा पथरी शनिश्चरे अगाडि

पथरी शनिश्चरेमा विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

पथरी, ५ असोज ।  मोरङको पथरी शनिश्चरे नगरमा बुद्धिचाल (चेस) खेलको विद्यालय स्तरीय प्रथम टिम लिग प्रतियोगिता सुरु भएको छ ।

 

बुद्धिचाल संघ नगर समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले चेस खेल खेलेर उद्घाटन गर्नुभयो । नेपाल बुद्धिचाल संघको प्रदेश सदस्य राम मादेन, नगर शिक्षा विभाग प्रमुखसमेत रहनुभएका नगर खेलकुद विकास समितिको सदस्य सचिव नवीन खुलाल, फ्रेण्डसीप चेस क्लवका सचिव लोकसागर साम्बा, सुनाखरी माविका प्रधानाध्यापक भूमिकादेवी मगर, भूपू सैनिक विद्यालयका प्रिन्सिपल उपेन्द्र कँडेल लगायतको आतिथ्यता रहेको थियो ।

 


उद्घाटनका क्रममा भएको दुई राउण्डको खेलमा एभरेष्ट बोर्डिङ स्कुल सतप्रतिसत नजितासहित २ अंक बनाएको छ । एभरेष्टबाट आयुस लिम्बू, सिद्धान्त कन्दङ्वा र सेम्रिल राई सहभागी रहनु भएको छ । एभरेष्टका प्रतिष्पर्धीले पहिलो राउण्डमा भूपू सैनिक र दोस्रोमा दुर्गा मावि दुबैसँग ३—० को नजिता निकालेका थिए ।
प्रतियोगितामा वाल जागरण विद्या मन्दिर र वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले पनि समान २÷२ अंक जोडेको छ ।
सिंहबाहिनी मावि, किर्तिपुर एकेडेमी, मोरङ मेरिगोल्ड र सुनाखरी माविले १÷१ अंक प्राप्त गरेको छ ।
बुद्धिचाल टिम लिग प्रतियोगितामा भूपू सैनिक बोर्डिङ स्कुल, वाल कल्याण सेकेन्डरी स्कुल र दुर्गा मावि गरी नगरपालिकामा रहेका १० वटा मावि सहभागी रहेका छन् ।

 

टिम लिग प्रतियोगितामा हरेक विद्यालयबाट ३÷३ जना विद्यार्थी सहभागी रहन्छन् । स्कुल स्कुलवीचको प्रतियोगितामा ३ जना मध्ये २ जना खेलाडीले जितेमा जित मानिन्छ । जित्ने टिमले १ र पराजित टिमको ० अंक हुन्छ ।

 

नौ राउण्डमा हुने खेलमा सबैभन्दा बढी अंक ल्याउने टिमहरु क्रमस प्रथम, दोस्रो र तेस्रो घोषणा हुन्छ । स्वीस लिग अन्तरगर्तहुने यो खेलको दोस्रो चरण मंसिर र अन्तिम चरण फागुनमा हुने आयोजक बुद्धिचाल संघका नगर अध्यक्ष डम्बर बाछना राईले बताउनु भयो ।

 

यसरी हुँदैछ नगरमा बुद्धिचाल खेलको विकास

नगरमा हरेक बर्ष फ्रेण्डसीप चेस क्लवको आयोजनामा ‘सहिद रत्नकुमार वान्तावा राष्ट्रिय प्रतियोगिता’ हुँदै आएको छ । हरेक वर्ष पथरीमा अन्तराष्ट्रिय स्तरमा खेलेका र पूर्व राष्ट्रिय च्याम्पियनहरु सहभागी हुँदै आएका छन् । जसले गर्दा स्थानीय खेलाडीहरुले आफ्नो खेलको विकास गर्ने अवसर मिल्दछ ।
गत वर्षको राष्ट्रिय च्याम्पियन राजन सुवेदीलाई सम्मानको साथै फ्रेण्डसिप चेस क्लवले ¥यापिड प्रतियोगिता गराइएको थियो । गत भदौ १५ गते भएको सुवेदीलाई सम्मान तथा चेस प्रतियोगितामा प्रदेशका ७० जना खेलाडी पथरीमा आएर खेलेका थिए ।

 

नगरपालिकामा निरन्तर बुद्धिचाल प्रतियोगिता खेलाउन थालेपछि विभिन्न विद्यालयले प्रशिक्षक नियुक्ति गरेरै विद्यार्थीलाई चेस खेलाउन थालेका छन् ।
पथरीशनिश्चरे नगरको वाल्मीकि बोर्डिङ स्कुलले अनिस तामाङ, एभरेष्ट स्कुलले लोकसागर साम्बा, किर्तिपुर एकेडेमीले पुकार राईबाट बुद्धिचाल प्रशिक्षण गराउँदै आएको छ ।

 

यसैगरी विद्यार्थीलाई प्रशिक्षण दिन चाहने विद्यालयहरुलाई बुद्धिचाल संघ, फ्रेण्डसीप चेस क्लवले प्रशिक्षण दिदै आएका छन् । विद्यालयस्तरीय लिग सुरु हुनु अघि सिंहबाहिनी, भूपू सैनिक, दुर्गा, सुनाखरी लगायतका माविहरुमा बुद्धिचाल संघका नगर अध्यक्ष डम्बर बाछना राईले आधारभूत प्रशिक्षण दिनु भएको थियो ।

 

राष्ट्रिय खेलमा सहभागिहुँदै पथरी शनिश्चरे
बुद्धिचाल संघले गत वर्ष सञ्चालन गरेको १६ बर्ष मुनिकाको राष्ट्रिय प्रतियोगितामा मोरङ जिल्लाबाट प्रथम हुँदै एभरेष्ट बोर्डिङ स्कुलकी सेम्रिल राईले इलाममा भएको प्रदेश छनौट खेल खेल्नु भयो । जिल्लामा दोस्रो भएर गएको नगरकै किर्तिपुर एकेडेडीकी समिरा राई प्रदेशबाट छानिएर पोखरामा भएको राष्ट्रिय प्रतियोगिता खेलेर आउनु भयो ।

 

गत बर्ष भएको राष्ट्रिय प्रतियोगितामा फ्रेण्डसिप चेस क्लवका सचिव लोकसागर साम्बा दोस्रो बन्नु भयो । केही हप्ता अघि नाइट चेस क्लव झापाले गराएको प्रतियोगितामा फ्रेण्डसिप चेस क्लवका सदस्य निलम बस्नेत प्रथम हुनुभयो । यहाँबाट अमिर राई, लोकसागर साम्बा लगायतका खेलाडीहरु विभिन्न वर्षमा मोरङ जिल्ला च्याम्पियन भइसकेका छन् ।

 

 

बुद्धिचाल खेलमा नेपाल
फुटबल, भलिबल, क्रिकेट जस्तै बुद्धिचाल संघ राष्ट्रिय खेलकुद विकास समितिमा दर्ता भएर हरेक वर्ष अण्डर १६, अण्डर १० र खुला उमेर समूह गरेर जिल्ला, प्रदेश छनौटहुँदै राष्ट्रिय प्रतियोगिता सञ्चालन हुँदै आएका छन् ।

 

अन्य खेल जस्तै बुद्धिचालमा पनि हरेक वर्ष अन्तराष्ट्रिय खेल खेल्न नेपालले खेलाडी पठाउने गरेको छ ।

 

पथरीशनिश्चरे नगरमा यसैगरी निरन्तर रुपमा प्रतियोगिताहरु भए राष्ट्रिय च्याम्पियनसम्मका खेलाडी उत्पादन गर्न सकिने सकिने बुद्धिचाल संघ नगर अध्यक्ष राईको विश्वास छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका