बडिबिल्डर राईको निधनमा पथरी शनिश्चरेमा शोक बिदा

पथरी, ५ असोज  ।  मोरङको पथरी शनिश्चरेमा रहेर आफ्नो सुगठित शरीरमार्फत देश विदेशमा आफ्नो पहिचान बनाएर पुरस्कृत हुनु भएका प्रकाश राईको निधनमा नगरपालिकाले आइतबार ( भोलि) नगरमा शोक बिदा दिने भएको छ ।

 

असोज २ गते विहान हृदयघातका कारण काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन हुनु भएका पथरी शनिश्चरे १ पथरी बजारका ४५ वर्षीय राईको निधनले नगरमा ठूलो क्षति पुगेको भन्दै उहाँको सम्मान र सम्झनामा आइतबार स्वास्थ्य संस्था बाहेकका नगरका सरकारी कार्यालय, शैक्षिक संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको उल्लेख गर्दै नगरले सार्वजनिक सूचना जारी गरेको छ ।

 

प्रकाशको सम्मानमा शनिबार नगरमा शवयात्रा निकालिएको छ । सो सन्दर्भको शोक सभामा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्बापोले नगरलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको निधनले अपुरणीय क्षति पुगेको उल्लेख गर्दै दुःख व्यक्त गर्नुभयो ।

 

काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुनुभएका प्रकाश काठमाडौंमै रहेको बेला हृदयघातको शिकार बन्नु भयो ।

 

यसअघि नेपालको राष्ट्रिय प्रतियोगिता तथा हङकङसहितका देशका अन्र्तराष्ट्रिय प्रतियोगितामा प्रथम बनिसक्नु भएका राईले काठमाडौंको यो पटकको प्रतियोगितामा नगद १ लाखसहितको पुरस्कार प्राप्त गर्नुभएको थियो ।

 

 

२ सय ८ जना खेलाडीमध्ये राई प्रथम बनेर उपाधि हात पार्नुभएको हो । उहाँ विगत २० वर्षदेखि शारीरिक सुगठनको अभ्यास र त्यसका प्रतियोगितामा सामेल हुनुहुन्थ्यो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका