असोज ११ बाट बेलबारीमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप

पथरी, ६ असोज / 
मोरङको बेलवारीमा असोज ११ गतेबाट  १९ गते सम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ।

 

आइतबार बेलवारी नगरपालिकाको सभाहलमा एल एक्स सिटी फुटबल क्लबले एक पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।
गोल्डकप फुटबल प्रतियोगिताको माध्यमबाट देश विदेशमा बेलबारी नगरपालिकालाई चिनाउने र नगरको शान उच्च राख्ने कुरामा आफूले विश्वास लिएको बताउनु हुंदै बेलबारी नगरप्रमुख दिल प्रसाद राईले खेलकुद क्षेत्रमा मोरङ जिल्लाकै दोस्रो ठूलो पुरस्कार राशी भएको प्रतियोगिता बेलबारीमा हुन लागेको दावी गर्नुभयो।
उहाँले अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सभ्य र भव्य आयोजनाका साथ प्रतियोगिताको सफलताको कामना गर्नु भयो।

 

सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिईयो । २ तोला ५०० ग्राम चादि र २ तोला सुन जडित ८ लाख बराबरको ट्रफी जित्न कुनै एक फुटबल क्लबले लगातार ३ वर्ष सो प्रतियोगिताको उपाधि उचाल्नु पर्नेछ। लक्ष्मी मार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन. बी. राईको स्मृतिमा यस वर्षदेखि रनिङ कप गोल्डकपको सौजन्य गरेको पोपिराज राईले जनाउनु भयो।

 

प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमशः ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम राईले बताउनुभयो । उहाँले हरेक खेलमा म्यान अफ दी म्याच घोषित खेलाडीलाई ५ हजार नगद दिइने बताउनुभयो । प्रतियोगिताको फाइनल खेलमा सर्वोकृष्ट खेलाडी , सर्वोत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्सर, सर्वोत्कृष्ट मिटफिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको हो।

 

प्रतियोगितामा ६० लाख आय र ५५ व्याय हुने अनुमान गरिएको छ। प्रतियोगितामा झापा ११ एफसी , एल एक्स सिटी एफसी, भोजपुर डी एफ ए, ब्रिगेड बोइज काठमाडौँ , सलहेश युथ क्लब सिराहा, डल्सिङ पारा एस ए इन्डिया , रारा एफ सी धनकुटा, बुटवल लुम्बिनी एफसी बुटवल, चितलाङ एफसी काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँ सहित कुल १० वटा टिमले सहभागिता जनाउनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका