असोज ११ बाट बेलबारीमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप

Messenger_creation_08E15472-136F-4F82-9FB3-7526443444D8

पथरी, ६ असोज / 
मोरङको बेलवारीमा असोज ११ गतेबाट  १९ गते सम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ।

 

आइतबार बेलवारी नगरपालिकाको सभाहलमा एल एक्स सिटी फुटबल क्लबले एक पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।
गोल्डकप फुटबल प्रतियोगिताको माध्यमबाट देश विदेशमा बेलबारी नगरपालिकालाई चिनाउने र नगरको शान उच्च राख्ने कुरामा आफूले विश्वास लिएको बताउनु हुंदै बेलबारी नगरप्रमुख दिल प्रसाद राईले खेलकुद क्षेत्रमा मोरङ जिल्लाकै दोस्रो ठूलो पुरस्कार राशी भएको प्रतियोगिता बेलबारीमा हुन लागेको दावी गर्नुभयो।
उहाँले अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सभ्य र भव्य आयोजनाका साथ प्रतियोगिताको सफलताको कामना गर्नु भयो।

 

सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिईयो । २ तोला ५०० ग्राम चादि र २ तोला सुन जडित ८ लाख बराबरको ट्रफी जित्न कुनै एक फुटबल क्लबले लगातार ३ वर्ष सो प्रतियोगिताको उपाधि उचाल्नु पर्नेछ। लक्ष्मी मार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन. बी. राईको स्मृतिमा यस वर्षदेखि रनिङ कप गोल्डकपको सौजन्य गरेको पोपिराज राईले जनाउनु भयो।

 

प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमशः ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम राईले बताउनुभयो । उहाँले हरेक खेलमा म्यान अफ दी म्याच घोषित खेलाडीलाई ५ हजार नगद दिइने बताउनुभयो । प्रतियोगिताको फाइनल खेलमा सर्वोकृष्ट खेलाडी , सर्वोत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्सर, सर्वोत्कृष्ट मिटफिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको हो।

 

प्रतियोगितामा ६० लाख आय र ५५ व्याय हुने अनुमान गरिएको छ। प्रतियोगितामा झापा ११ एफसी , एल एक्स सिटी एफसी, भोजपुर डी एफ ए, ब्रिगेड बोइज काठमाडौँ , सलहेश युथ क्लब सिराहा, डल्सिङ पारा एस ए इन्डिया , रारा एफ सी धनकुटा, बुटवल लुम्बिनी एफसी बुटवल, चितलाङ एफसी काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँ सहित कुल १० वटा टिमले सहभागिता जनाउनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन