उराव विद्यार्थीलाई वडाबाट छात्रवृत्तिसहित साइकल प्रदान

दमक, ९ असोज ।  झापाको दमक नगरपालिको ९ नम्बर वडा कार्यालयले आर्थिक विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम अन्तर्गत बुधबार एक उराव विद्यार्थीलाई साइकल प्रदान गरेको छ ।

 

स्थानीय सरस्वती माद्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी कोपिला खडिया (उराव) लाई वडा कार्यालयले त्यस्तो सहयोग प्रदान गरेको हो । वडाध्यक्ष कुवरेप्रसाद भट्टराईको अगुवाईमा वडा सदस्यहरु समेत सहभागि भएर साइकल वितरण गरिएको छ । साथै उहाँलाई कक्षा १२ को शुल्क समेत प्रदान गर्ने निर्णय भइसकेको वडाध्यक्ष भट्टराईले उल्लेख गर्नुभयो ।

 

विगत ३ वर्षदेखि यसखाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको वडाले चालु आर्थिक वर्षका लागि सो शिर्षकमा १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा