लर्ड बुद्ध साकोसको २२ औं साधारणसभा, विभिन्न व्यक्तिहरु सम्मानित

पथरी, १७ असोज /
विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै मोरङको पथरीशनिश्चरे—२ स्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २२ औं साधारण सभा बिहिबार सम्पन्न भएको छ ।

 

संस्थाले उत्कृष्ट वचतकर्ता गंगा राई, खगेन्द्रकुमार सारु मगर, उत्कष्ट ऋण कारोबार गर्ने कमला राई, अर्जुन सेञ्चुरी र पूर्व सञ्चालक अमृता अधिकारी खत्रीलाई सम्मान पत्रले सम्मान गरेको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं-७ का अध्यक्ष उद्धवराज बस्नेत, ३ नं. वडा अध्यक्ष विजय लिम्बू, संस्थाका अध्यक्ष धनराज राई (अमीर), पूर्व अध्यक्ष दिलबहादुर तामाङ लगायतबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

 

लर्ड बुद्ध साकोसले ७० वर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई मासिक ८ सय ५० को दरले ज्येष्ठ नागरिक भत्ता वितरण गर्दै आएको छ । ज्येष्ठ नागरिक जहरमान लिम्बू लगायतलाई एकमुष्ट भत्ता वितरण गरिएको थियो ।

 

कार्यक्रममा कोषाध्यक्ष दोणर्बहादुर खड्काबाट आर्थिक प्रतिवेदन, सचिव महेन्द्र ढुङ्गानाबाट प्रगति प्रतिवेदन, लेखा समिति संयोजक चन्द्रप्रसाद खनालबाट लेखा प्रतिवेदन प्रस्तुत भएको थियो ।

 

कुल पुँजी साढे २७ करोड
लर्डबुद्धमा ३ हजार ३ सय ५२ शेयर सदस्य, ७ सय ९७ जना बाल बचत कर्ता रहेका छन् । जहाँ २७ करोड ५९ लाख ६६ हजार ५ सय८९ कुल पुँजी रहेको छ ।

 

जस मध्ये २ करोड ५१ लाख ५८ हजार २०० शेयर पुँजी, २२ करोड ३ लाख २९ हजार ६ सय ७२ निक्षेप रहेको छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड ४० लाख ९ सय ७० शुद्ध वचत (खुद नाफां)ं रहेको आर्थिक प्रगति प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा ४५ लाख १८ हजार ७ सय ७५ खुद नाफा रहेको संस्थाका व्यवस्थापक गणेश राईले बताए । संस्थाले एक वर्षमा १६ लाख ४८ हजार ७ सय ८९ रुपैया सरकारलाई कर तिरेको प्रतिवेदनमा उल्लेख छ । खुद नाफा भने गत आर्थिक वर्षभन्दा १० लाख ७७ हजार ८ सय ०५ रुपँैयाले घटेको छ । खुद नाफा घट्नुको कारण मन्दिको कारण ऋण असुली नभएको व्यवस्थापक गणेशकुमार बाछाना राईले बताउनु भयो ।

 

 

लर्ड बुद्ध साकोसले हरेक वर्ष रक्तदान कार्यक्रम, विद्यालय स्तरीय वतृत्व कला प्रतियोगिता, निम्न वर्गीय शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति लगायत शैक्षित तथा समाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका