आफु पढेको ठाउँ पथरीमा मनोज गजुरेलले विद्यार्थी हँसाए

पथरी, २३ असोज ।  नेपालका प्रख्यात हास्यकलाकार मनोज गजुरेलले भाषा, कला, संस्कृति बचाउन सवै लाग्नु पर्ने भनाई राख्दा विद्यार्थीहरुका तालीका पर्रा छुटे । देशभक्तिको भावसहितबाट आफ्नो प्रस्तुतिको सुरुवात गरिरहँदा मंगलबार मोरङको पथरी शनिश्चरे २ स्थित रेडस्टार बोर्डिङका विद्यार्थी उत्सुकतापूर्वक गजुरेललाई नियाल्दै तालीले साथ दिएका थिए ।

 

अन्तरराष्ट्रियस्तरसम्म नेपाली हास्य व्यग्यको प्रभावकारी विस्तार गरेर ख्याति कमाउनु भएका गजुरेलको प्रत्यक्ष प्रस्तुति हेर्न पाउँदा विद्यार्थीहरु निकै रमाए । गजुरेलले विद्यार्थीहरुलाई मोहित पार्दै आफ्ना प्रस्तुतिका श्रृंखलामा ‘कथाले मागेको दिने’ नै चर्चामा हुने गरेको गरेको परिपार्टीलाई व्यंग्य गर्दै ‘हामीले चाँही देशले मागेको दिन्छौ’ भन्ने ओजिलो अभिव्यक्ति दिनु भयो । अनि देश विदेशका नेताहरुको क्यारिकेचर समेत गरेर भरपूर मनोरञ्जन प्रदान गर्नुभयो ।

 

रेडस्टारले कक्षा ११ का विद्यार्थीका लागि आयोजना गरेको शुभकामना कार्यक्रममा गजुरेल सहभागि भएर आफू पहिले सो नगरको पञ्चायत माविमा कक्षा ५ र ६ पढेको प्रसंग अघि सार्दै विद्यार्थीहरु असल बनेर देशको भविष्य निर्माण गर्न आवश्यक रहेको सन्देश प्रवाह गर्नु भयो । शिक्षण सिकाईप्रति सचेत गराउँदै व्यंग्य गर्न समेत भ्याउनु भयो ।

 

कार्यक्रममा सो विद्यालयका विद्यार्थीहरुले ‘नेपाली भएर बाँच्न पाउँ’ लगायतका आकर्षक नृत्य प्रस्तुत गरेर सृजना क्षेत्रमा समेत विद्यालयको सक्रियता देखाए । कार्यक्रममा उज्यालो खबरका सम्पादक एवम् साहित्यकार  भूपेन्द्रराज तिम्सिनाले गजल प्रस्तुत गर्नुभयो ।

 

पथरी शनिश्चरे नगरपालिकामै निरन्तर विगत ६ वर्षदेखि एसएलसी परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको यस विद्यालयले आयोजना गरेको कार्यक्रममा पथरी शनिश्चरेका पूर्व नगर प्रमुख दिलीपकुमार राई, वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई, २ का नैना साम्पाङ, ४ का अध्यक्ष लोकनाथ न्यौपाने लोककिरण, ७ का अध्यक्ष उद्धवराज बस्नेत, हिसान कोशी प्रदेशका सचिव दिपेश बास्तोला, पथरी शनिश्चरे नगरपालिकाका खेलकुद, यूवा तथा शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, विद्यालयका संस्थापक विजय डाँगी, सुजन तिमिल्सिना, माउन्ट हर्मन एकेडेमीका राजेश कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम, राष्ट्रिय परीक्षा बोर्डका कोशी प्रदेश प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

 

 

सो विद्यालयले २०८१ साउनमा प्रकाशित नतिजा अनुसार एसएलसी (कक्षा १२) मा आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरू ९० दशमलव ९९ प्रतिशत नतिजा हासिल गर्न सफल भएका हुन् ।

 

गत वर्ष २०८० साउनमा प्रकाशित एसएलसी कक्षा १२ को परीक्षामा पनि यस रेडस्टर माध्यमिक विद्यालयले कोशी प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । यस विद्यालयका छात्र विपीन पोखरेलले ३ दशमलव ८१ जीपीए सहित व्यवस्थापन संकायमा कोशी प्रदेशकै उत्कृष्ट नतिजा प्राप्त गर्नुभएको थियो । उहाँसँगै कृतिका भट्टराईले ३ दशमलव ७५, एलन थेगिम लिम्बू, भुवन घिमिरे र नम्रता बुढाथोकीले ३ दशमल ७१ जीपीए ल्याउनु भएको थियो ।

 

यसैगरी, राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० चैत महिनामा सञ्चालित एसईई परीक्षामा सामेल दुई विद्यार्थी अजय लिम्बू र सतिश आचार्यले ४ जीपीए ल्याउँदै पूर्वी मोरङमै सर्वोत्कृट नतिजा हासिल गर्न सफल बन्नु भएको थियो । विद्यालयका प्रिन्सिपल टीएन तिम्सिनाको अध्यक्षताको कार्यक्रममा जिल्लामै उत्कृष्ठ स्थान हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

 

ब्रिटिस काउन्सिल अन्तर्राष्ट्रिय अवार्ड प्राप्त यस विद्यालय पछिल्लो समयमा पथरीशनिश्चरे नगरमै एक अब्बल शैक्षिक ’हब ’को रूपमा स्थापित भएको देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका