दमकमा हात्तीको आक्रमणबाट एकजना घाइते, अवस्था चिन्ताजनक

दमक, असोज २७
घास काट्न हिडेका एकजना पुरुषलाई दमकमा हात्तीले आक्रमण गरेको छ ।
दमक ३ स्थित ढुंगे सडक खण्डमा घास काट्न हिडेका ५० वर्षीय अभिनारायण खत्रीलाई आज बिहान करिव साढे ६ बजे आक्रमण गरेको दमक ३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो ।

‘उहाँको टाउको, ढाड र कम्मरमा गहिरो चोट लागेको छ । हामीले तत्कालै उपचारकालागि बिर्तामोडको बीएण्डसी अस्पतालमा पठाएका छौ ।’ वडाध्यक्ष बरालले उज्यालो खबरलाई जानकारी दिदै भन्नु भयो ।

 

घाइतेको अवस्था हेर्दा हात्तीको सुडले बेरेर फ्याक्दा निकै पर बजारिएर यस प्रकारको गहिरो चोट लागेको हुन सक्ने उहाँको भनाईं छ ।

प्रहरी मुचुल्का बनाई घाईतेलाई उपचारकालागि पठाइसकिएको छ । यो क्षेत्रमा केहि दिनदेखि १७ वटा हात्ती प्रवेश गरेको र बालीनालीमा निरन्तर क्षती समेत गरिरहेको छ ।

 

दमकको यो क्षेत्र हात्तीबाट प्रताडीत क्षेत्र हो । यहाँ नजिकै हंसे दुम्से सामुदायिक वन र हात्ती हिड्ने रुट समेत रहेकोले पनि यो क्षेत्र हात्ती प्रभावित क्षेत्र रहेको वडाध्यक्ष बरालले जानकारी दिनुभयो । हात्तीको सास्ती हटाउन तीनतहकै सरकारसग दीर्घकालीन उपायबारे छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा