झापामा तासको खालबाट ५ लाख सहित १२ जना पक्राउ

tas (1)

दमक, असोज २९
झापामा जुवाका रूपमा तास खेलिरहेको खालबाट १२ जना व्यक्ति पक्राउ परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा नं ९ दुधेस्थित विनोद खरेलको घरमा तास खेलिरहेको अवस्थामा ५ लाख ४ हजार ३० रुपैँया सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

खरेलको घरमा रहेको सगरमाथा होटलको तेस्रो तल्लामा प्रहरीले विषेश सूचनाको आधारमा खानतलासी गर्दा एक बुक तास र नगद सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा खरेल सहित शिवसताक्षी नगपालिका वडा नम्बर ६ का ५० वर्ष उमेरका मिलन भण्डारी सोही ठाउँका ४७ को दिपक तामाङ, ४२ को नविन तिम्सिना, ३९ को प्रकाश लिम्बू, ३७ का भिमबहादुर भण्डारी, ४१ का दिनेश बाराकोटी ३२ को नरेन्द्र विश्वकर्मा, ३६ को लोकबहादुर विश्वकर्मा,  ४१ को खगेन्द्र उप्रेती,  ३९ क विनोद खरेल (घर तथा होटल साहु) २० का सौगात मैनाली र भारत कलकत्ताका वर्ष  ४१ का परिदोश  पल रहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन