सिन्डिकेटदेखि सून्य शो सम्मको अवस्था

चलचित्र प्रदर्शनमा वितरकहरुको हैकमवाद, सिण्डिकेटदेखि ‘सून्य शो ’ सम्मको अवस्था, ओटीपी सिस्टमले निर्मातालाई न्याय देला ?

दमक, असोज ३०

नायक तथा चलचित्र निर्माता निश्चल बस्नेतले अहिले प्रर्दशन भइरहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निणर्य गर्नुभयो । यस अघिनै आफूले हलको विकल्प खोज्ने भनेर चेतावनी दिनुभएका बस्नेतले आज सामाजिक सञ्जालमार्फत हलबाट चलचित्र उतार्ने घोषणा नै गर्नु भएको हो ।

 

सुन्दा सामान्य लागेपनि बस्नेतको यो घोषणाले चलचित्र प्रदर्शनमा वितरक र हलवालाहरुको साठगाँठलाई छर्लंङ्ग भने पारेको छ ।

 

एक दशक अघिदेखि चलचित्र वितरकको काम गर्दै आउनु भएका नेपाल चलचित्र संघका पूर्व केन्द्रीय सदस्य समेत रहनु भएका दमकस्थित पाथीभरा सिनेमा हलका व्यवस्थापक चैतन्य बरालले कुन चलचित्र कहाँ प्रदर्शन गर्ने भन्ने कुरा वितरकसँगको सहमति र सम्झौतमा निर्भर रहने बताउनु भयो ।

उज्यालो खवरसँग टेलिफोन संवादगर्दै बरालले भन्नु भयो ‘अहिले नेपालमा दुई क्षेत्रीय वितरकहरु सकृय छन् । एउटाले काठमाडौ उपत्यका भित्र वितरण गर्छ भने अर्कोले उपत्यका बाहिर । कुन वितरकले हलवालासँग कसरी के के सर्त राखेर कन्भिन्स गर्न सक्छ त्यही फिल्मले बढि शो पाउँछ ।’

 

बरालले थप्नु भयो ‘अहिले पनि प्रर्दशनमा रहेका तीन चलचित्र मध्ये हामीले नै एउटा मात्रै चलचित्र लगाएका छौं । अन्य चलचित्र लगाएका छैनौं । माता पाथीभरा मुभिज वितरकसँग हामीले सम्झौता नै गरेर पाथीभरा हलमा छक्का पञ्जा ५ मात्रै लगाउने र अन्य नलगाउने भन्ने सर्त बमोजिम नै यो मात्रै प्रदर्शन गरिएको हो ।’

 

बरालको यो कुराबाट पनि प्रष्ट हुन्छ कि चलचित्रमा वितरकको हैकमवाद कतिसम्मको हुँदोरहेछ भनेर । वितरक र हलवालाको मिलेमतोमा कुन फिल्मलाई कतिसम्मको शो दिने भन्नेसम्मको कुरामा सहमति भएपछि यसको मार भने निर्मातामा पर्ने गरेको स्पष्ट छ ।

 

यसैको सिकार निश्चल बस्नेतले निर्माण गरेको चलचित्र बेहुली फ्रम मेघौली बन्यो । जुन भोलिबाट देशभरका चलचित्र हलबाट निकालिने छ । र, निर्माताले हलको विकल्प प्रदर्शनको अन्य विकल्प रोज्ने भएका छन् ।

 

बस्नेतले घोषणा गरेको ओटीपीमार्फत चलचित्र प्रर्दशनले हलवालाहरुलाई असर पार्ला कि नपार्ला भनेर हामीले बराललाई प्रश्न गर्दा उहाँ भन्नु हुन्छ ‘यसको असर देखिन नेपालमा अझै १० वर्ष लाग्छ, तत्काल यसले खास असर पादैन ।’ फिल्म हेर्ने भनेको हलमै हो । हलमा हेरेको जस्तो रमाईलो दर्शकले न घरको टिभीबाट लिन्छन् न त मोवाईलबाटै । त्यसैले फिल्म प्रदर्शन भनेको हलमा नै हुने हो ।’

दर्शकले नयाँ फिल्म आएपछि नयाँ स्वाद चाहान्छन् । दशंैको बेलामा नयाँ नयाँ फिल्महरु प्रदर्शनमा आए । फुलपाती भन्दा अघिबाट प्रदर्शनमा रहेको बेहुली फ्रम मेघौलीको अहिले शो घट्यो । यो सामान्य कुरा हो । हामीले दर्शकको रुचिलाई ध्यान दिएर पनि कुन फिल्मको शो कति राख्ने भन्नेबारेमा निणर्य गर्नुपर्ने हुन्छ ।’ बरालको भनाई थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु

नामावली सार्वजनिक, मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान

दोस्रो चरणको मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

कति सुरक्षित छ नेपाली चियाको विश्व बजार?

काठमाडौं,१२ असार । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले समान व्यापारिक सुविधा पाउन सकेको छैन । आयात गर्ने

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पुनःप्रभावित

काठमाडौं,१२ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित