पार्टी सभापति पक्राउ परेपछि रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रदै

काठमाडौ, कार्तिक ३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको छ ।

 

पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले काठमाडौंको माइतीघरमा दिउँसो १ बजे र पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्न लागेको हो ।

 

लामिछाने शुक्रबार साँझ काठमाडौंको बालाजुस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । उहाँलाई स्थलमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएको थियो ।

 

पोखरामा हुने विरोध प्रदर्शनको नेतृत्व उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेले गर्नुहुनेछ । उहाँहरु पोखरा पुगिसकेका छन् ।

लामिछानेमाथि पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा छ ।

 

आज शनिबार सार्वजनिक बिदा भएकाले लामिछनेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो