राष्ट्रिय परिचयपत्र लिन आएकाहरु वडाबाट रित्तै फर्किए (भिडियो रिपोर्ट)

दमक, कार्तिक ४
दमक नगरपालिका वडा नम्बर ४ को कार्यालय । यहाँ सेवाग्राहीको भिड लागेको छ । वडाबाट प्रवाह हुने सेवा लिनेको भन्दा पनि राष्ट्रिय परिचयपत्र लिन आउनेको भिड हो यो ।

 

यही भिडमा भेटिनु भएका ७९ वर्षीय कटकबहादुर धिमाल सिटी सफारी चढेर आफ्नो परिचयपत्र लिन आउनु भयो । मध्यान्हको १२ बजेसम्म पनि राष्ट्रिय परिचयपत्र बाढ्ने कर्मचारी नआएपछि उहाँ फर्कने सुरुमा रहेको बताउनु हुन्छ ।

 

दमक नगरपालिकाले कार्तिक १ गते नै कार्तिक ४ गते वडा वडामा राष्ट्रिय परियचयपत्र वितरण गरिने भन्दै सार्वजनिक सूचना जारी गर्यो । सबैलाई भौतिक रुपमै उपस्थित भएर आआफ्नो राष्ट्रिय परिचयपत्र लिन सूचना गरिएको भएपनि सो दिन कसैले पनि परिचय पत्र पाउनै सकेनन् । सेवाग्राही अग्निप्रसाद उप्रेती र पवित्रा भुजेल पनि उसैगरी हस्स पर्नुभयो ।

 

यसरी बिना पूर्व तयारी कुनै व्यवस्थापन बिना नै सूचना आह्वान गर्दा सेवाग्राहीले एक दिन अनाहकमै दुःख पाए । सेवाग्राहीले वडा कार्यालयमा आएर जनप्रतिनिधि र कर्मचारीलाई र्याख्र्याख्ती पार्दै आफ्नो राष्ट्रिय परिचयपत्र मागिरहेका थिए । वडा नम्बर ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहाल भन्नु हुन्छ ‘नगर प्रमुख ज्यूको एकलौटी निणर्यले जनताले दःुख पाए ।’ वडाध्यक्षहरुलाई समेत व्यवस्थापन गर्ने जानकारी पनि नगराई सार्वजनिक सूचना निकाल्दा जनताले दुख पाएको उहाँको भनाई छ ।

 

यता वडा नम्बर ५ र १० मा भने कर्मचारी पुगेर पारिचयपत्रको सर्टिङ गरिरहेका थिए । हरेक वडामा ५ हजार भन्दा बढीलाई यो परिचयत्र बाँढिदैछ । वणर्ानुक्रम अनुसार मिलाएर राख्नै पनि समय लाग्ने भएकोले अझै केही दिनसम्म बाढ्न नसकिने जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्र बाढ्न खटाइएका कर्मचारी जयकला गुरुङले समस्या दर्शाउनु भयो ।

 

सबै सर्टिङ गरिसकेपछि टोल टोलसँग समन्य गर्दै फेरि अर्को सूचना जारी गर्ने तयारीमा वडाहरु रहेका छन् । अव वडाले कहिले र कस्तो सूचना जारी गर्छ सोही अनुसार मात्रै राष्ट्रिय परिचयपत्र लिन आउनु पर्ने वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी र ५ का कार्यवाहक अध्यक्ष खड्ग राईले उल्लेख गर्नुभयो ।

 

यता दमक नगरपालिका वडा नम्बर ६ ले भनें कुन दिन कुन टोलले राष्ट्रिय परिचयपत्र लिन आउने भनेर सार्वजनिक सूचना निकाली सकेको छ । यहाँ कार्तिक ५ गते देखि मंसिर ३ गतेसम्ममा परिचयपत्र लिन आउन टोलको नाम र मिति नै किटान गरेर सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि