तेस्रो बृहत साहित्यिक विश्व सम्मेलन कार्तिक १० र ११ गते

दमक, कार्तिक ९
विश्व नेपाली साहित्य महासंघको आयोजनामा यही कार्तिक १० र ११ गते काठमाडौंस्थित आनन्द पशुपति गौशालामा तेस्रो बृहत साहित्यिक विश्व सम्मेलन हुने भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन् गर्ने कार्यक्रममा १५ वटा पुस्तक एकसाथ लोकार्पण हुने र नेपाल, भारत, चीन, बंगलादेश, जापानका दर्जनौं सर्जकहरुलाई सम्मानित गरिने अमेरिकामा रहेर हाल कार्यक्रममा सहभागि हुन आउनु भएका महासंघका सदस्य डेन्जोम साम्पाङले जनाउनु भयो ।

 

 

कार्यक्रममा ८ हजार मिटरभन्दा अग्ला नेपालका ८ हिमालहरूको नाममा गरिने ८ साहित्यदूत सम्मान पनि कार्यक्रममा प्रदान गरिने छ ।
जसमा, साहित्यदूत सगरमाथा- प्रा.डा. गंगाप्रसाद प्रसाईँ कुलपति त्रिपुरा विश्वविद्यालय, भारत, साहित्यदूत कञ्चनजंघा- प्रा.डा. सञ्जीव उप्रेती, वरिष्ठ लेखक समालोचक, काठमाडौँ, साहित्यदूत ल्होत्से- डा. शंकरदेव ढकाल, संयोजक भारतीय साहित्य एकेडेमी परामर्श समिति दिल्ली, साहित्यदूत मकालुको उपाधि प्रा.डा. कृष्णप्रसाद घिमिरे, अर्घाखाँची, पूर्व विभाग प्रमुख त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागलाई प्रदान हुनेछ ।

 

साहित्यदूत चोयु- प्राध्यापक भारती लिम्बू, थाइल्याण्ड, साहित्यदूत धौलागिरी- शिखर कवि शैलेन्द्र साकार, काठमाडौँ, साहित्यदूत मनास्लु- विश्वप्रेम अधिकारी, कुलपति पुतलीबजार नगरपालिका प्रज्ञा-प्रतिष्ठान, स्याङ्जा र साहित्यदूत अन्नपूणर्- श्री इच्छाराम गुरागाईं, वर्मालाई प्रदान गरिने छ ।

 

त्यसैगरी विनेसाम सद्भावना सम्मानबाट भारतीय नागरिकहरू- पद्मश्री डा. येसे दोर्जे थोङ्सी, भारत (असमीया साहित्यकार), डा. गोकुल क्षत्रीय, गुजरात, भारत (हिन्दी साहित्यकार) र डा. प्रेमानन्द रोय, पश्चिम बंगाल, भारत (बङ्गाली साहित्यकार) लाई सम्मानित गरिने छ ।
चिनीया नागरिकहरू- प्रा.डा. वाङ् जोङ् (प्रमुख, दक्षिण एसिया भाषा विभाग युनान् विश्वविद्यालय, कुनमिङ्, चीन र प्रा.डा. छिङ् युन् (निर्देशक, नेपाली भाषा शिक्षण तथा अनुसन्धान केन्द्र अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय बेइजिङ, चीन ) र श्री झाङ् युई (प्रमुख, सीसीटिभी ब्युरो अफिस ) पनि उसैगरी सम्मानित हुँदै हुनुहुन्छ ।

 

जापानिज नागरिक- युको ओकामोता (वाको विश्वविद्यालय, टोकियो जापान), बंगलादेशी नागरिक- अहमद सोना, बंगलादेश (बाङ्ला साहित्य) तथा विनेसाम अरनिको सम्मान चेतनाथ आचार्य, चीन विनेसाम उत्कृष्ट सदस्य कल्पना पौडेल जिज्ञासु, नेपालगञ्ज, विनेसाम, नेपाल उत्कृष्ट प्रदेश लुम्बिनी प्रदेश/अध्यक्ष लेकप्रसाद प्याकुरेल लगायत सम्मानित हुने कार्यक्रम तय गरिएको छ ।

 

सोही कार्यक्रममाझ वर्षको उत्कृष्ट पर्या कविताका रुपमा प्रथम हेटौंडाका किशन पौडेल, द्वितीय रोल्पाका समीप बैरागी र तृतीय काठमाडौंकी भारती न्यौपानेलाई जनही क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
विश्व नेपाली साहित्य महासंघको नियमित प्रकाशन ‘साहित्य संसार साहित्यिक वार्षिक’ अंक, नेपाल शाखाको मुखपत्र ‘नेपाल दर्पण, लुम्बिनी प्रदेशको मुखपत्र ‘लुम्बिनी दर्पण’,कणर्ाली प्रदेशको मुखपत्र ‘कणर्ाली दर्पण’का साथै संस्थाका प्रकाशन सचिव डा. मनमूर्ती भुर्तेलको कविता संग्रह ‘बुद्धको देशमा’, प्रकाशन संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको कृति ‘कल्पध्वनी’को लोकार्पण हुनेछ ।

 

संस्थाको प्रकाशन केन्द्रीय कोषाध्यक्ष डा. केबी पौडेलको ‘मेरो कथा’, भारत शाखाको प्रकाशन केन्द्रीय सदस्य देविका मंग्राती राईको ‘काव्यप्रेक्षण’, हिन्दी साहित्यकार डा गोकुल क्षत्रीयको हिन्दी कविता सङ्ग्रह ‘धूप-छांव, लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलको ‘बाँकेका नारी स्रष्टा र सिर्जना’, लुम्बिनी प्रदेश कोषाध्यक्ष इन्दिरा गौतम निर्भिकको ‘इन्दु’, बाँके शाखाकी अध्यक्ष गीता अर्यालको मुक्तक संग्रह ‘विषाक्त समय’, शिखरकवि शैलेन्द्र साकारको ‘साकार समय’ र ‘मनको कुनै कुना’ र कल्पना फाउन्डेशनको ‘कल्पाङ्कुर’समेत लोकार्पण हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल