आफूले पढेका पुस्तकको चर्चा गर्ने फरक कार्यक्रममा नेपाल लाइब्रेरी

दमक, कार्तिक ११
नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाको आयोजनामा आफूले पढेका पुस्तकहरुको चर्चा तथा रचना वाचन कार्यक्रम शनिवार दमकमा सम्पन्न भएको छ ।

 

कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरुले आफूले पढेका पुस्तकको बारेमा चर्चा गरेका थिए । पुस्तक चर्चा गर्ने साहित्यकारहरुमा प्रमुख अतिथिका रुपमा रहनु भएका हेमनाथ अधिकारीले लार्सोन को ‘अल्फ्रेड नेटवर्क अफ ईनोभेसन’,बिशिष्ठ अतिथिहरु पर्शुराम परासरले कवि बिमल अर्यालको कविता संग्रह ‘आवरण’, बिन्दु दहाल मुकदर्शकले स्पन्दन बिनोदको कविता संग्रह ‘अविरल’, शारदा पराजुलीले प्रदिप रत्न शाक्यको ‘म सडकको प्रतिबिम्व’को बारेमा चर्चा गर्नुभयो ।

 

त्यस्तै, साहित्यकारहरु ओमप्रसाद खनालले उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ मेघनाथ बन्धुले निर्मल भण्डारी र मणिराज जोशीको कविता संग्रह ‘निर्मलमणि’,रामकुमार उपाध्यायले गोपाल गोड्सेको ‘गान्धि हत्या र म’, भगवती दवाडीले ओम खनालको कविता संग्रह ‘नीलो आकाश’, बिवेक क्षेत्री दुलालले अप्सरा पुडाशैनीको ‘कुकुर बेचेर कोशेली’ र वीरेन्द्र खड्काले नवरङ्ग साहित्यिक पत्रिकाको बारेमा चर्चा गरेर पठन संस्कृतिको विकासमा जोड दिदै बोल्नु भयो ।

 

साथै साहित्यकारहरु दुर्गा काफ्ले, गोपाल दहाल, किराँती राजा, बाशु काफ्ले र खगेन्द्र भट्टराईले शुभकामना सहित रचना वाचन गर्नुभयो ।
कार्यक्रम नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाका अध्यक्ष डा. लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको सचिव ओमप्रसाद खनालले जनाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल