पथरी शनिश्चरेमा मौलिक देउसी भैलो प्रतियोगिता

पथरी, कार्तिक ११
उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेमा मौलिक संस्कृतिको जगेर्नाको उद्धेश्यले तिहारका अवसरमा ‘मौलिक देउसी भैलो प्रतियोगिता’ आयोजना गरिएको छ ।

 

पथरी शनिश्चरे ३ स्थित विरेन्द्रनगर आइतबारेका युवाहरुको आयोजनामा कार्तिक १३ गते स्थानीय जनता माद्यमिक विद्यालयमा सामूहिक मौलिक देउसी भैलो प्रतियोगिता गरिने समूहका अगुवा हेमन्त ओझाले जनाउनु भयो । जहाँ मौलिक भेषभुषा सहितको प्रस्तुति रहने प्रावधान बनाइएको छ ।

 

तिहारमा देउसी भैलो खेल्ने गरिएपनि मौलिक देउसी भैलोभन्दा फरक र दक्षिणा केन्द्रित कार्यक्रमको विकृति बढ्दै गएपछि मौलिक संस्कृति जोगाउने सन्देशका लागि यसखाले प्रतियोगिता गरिएको उहाँले बताउनु भयो । जसमा पथरी शनिश्चरे समाज युएईले मुख्य सहयोग पुर्याउनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो