नेपाल साफ महिला च्याम्पियनसिप

पेनाल्टी सुटआउटमा भारत हार्यो, फाईनलमा प्रवेश गरेको नेपाल अव कोसँग खेल्छ ?

काठमाडौ, कार्तिक ११
नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

 

 

निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको थियो ।यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

 

 

यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।

 

 

त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा