उर्लाबारी भेट्रान फुटबलको फाइलनमा प्रवेश

पथरी, कार्तिक १२
उर्लाबारी भेट्रान मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

सोमबार भएको पहिलो सेमी फाइनल खेलमा उर्लाबारी मोरङले विराट भेट्रान सुन्दरहरैचालाई- ४—१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उर्लाबारीका लागि खेम पोख्रेलले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्नुभएको थियो भने अर्को गोल सन्तोष राईबाट भएको थियो ।

 

विराट भेट्रानको तर्फबाट सुरज प्रधानले एक गोल फर्काएर हारमा चित्त बुझाउनु पर्‍यो । खेलको म्यान अफ द भेट्रान घोषित बिजेता उर्लाबारीको खेम पोख्रेललाई प्रमुख अतिथि शैक्षिक अभियानता समाजसेबी प्रदीपकुमार राई र आयोजक समितिका अध्यक्ष टिकाराम राईको हातबाट मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

 

भोलिको अन्तिम सेमिफाइनल खेल आयोजक पथरीशनिश्चरे भेट्रान र सतिसाले केराबारी मोरङवीच हुने आयोजक दीपक पुलामी मगरले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०