पथरी, कार्तिक १२
उर्लाबारी भेट्रान मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमी फाइनल खेलमा उर्लाबारी मोरङले विराट भेट्रान सुन्दरहरैचालाई- ४—१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उर्लाबारीका लागि खेम पोख्रेलले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्नुभएको थियो भने अर्को गोल सन्तोष राईबाट भएको थियो ।
विराट भेट्रानको तर्फबाट सुरज प्रधानले एक गोल फर्काएर हारमा चित्त बुझाउनु पर्यो । खेलको म्यान अफ द भेट्रान घोषित बिजेता उर्लाबारीको खेम पोख्रेललाई प्रमुख अतिथि शैक्षिक अभियानता समाजसेबी प्रदीपकुमार राई र आयोजक समितिका अध्यक्ष टिकाराम राईको हातबाट मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो ।
भोलिको अन्तिम सेमिफाइनल खेल आयोजक पथरीशनिश्चरे भेट्रान र सतिसाले केराबारी मोरङवीच हुने आयोजक दीपक पुलामी मगरले बताउनु भयो ।