धेरै सेवा शुल्क असुल्ने वातावरण तयार गर्न सरकार नै अग्रसर

बिना धितो ऋण दिएर विदेशमा काम गर्न पठाउने कार्यविधि आउँदै

काठमाडौ, कार्तिक १६
के तपाई बैदेशिक रोजगारमा जाने सोचिरहनु भएको छ तर त्यसकालागि तिर्नुपर्ने पैसा नपाएर सास्ती खेपिरहनु भएको छ ।
अव तपाईको त्यो सास्तीलाई सहज बनाउन नेपाल सरकारले नयाँ कार्यविधि ल्याउँदै छ ।

सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई विना धितो ऋण उपलब्ध गराउने कार्यविधि अन्तिम चरणमा पुर्‍याएको छ ।

श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार विदेश जान श्रमिकले चर्को ब्याजदरको ऋण लिनुपर्ने बाध्यता हटाउन विनाधितो सहुलियत दरको ऋण दिने व्यवस्था गर्न लागिएको हो । ‘युवाहरु ३६ प्रतिशत ब्याजको ऋण लिएर विदेश जान बाध्य छन्’, उनी भन्छन्,‘यो समस्या समाधान गर्न तयारी गर्दैछौं ।’

 

यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नै वैदेशिक रोजगारीमा जाने युवाहरु मिटरब्याजीहरू र दलालहरुबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउने घोषणा गरेको थियो । सरकारले बजेट वक्तव्यमा समेत यो विषय समेटेको थियो ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने गरी मौद्रिक व्यवस्था गरिसकेको छ । ११ साउनमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था छ ।

 

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको थियो । अब श्रम मन्त्रालयले बनाएको कार्याविधिका आधारमा बैंक तथा वित्तीय संस्थाले नै तोकिएअनुसार यस्तो ऋण दिनेछन् ।

 

मन्त्रालय स्रोतका अनुसार वैदेशिक रोजगारीमा जानने श्रमिकले पासपोर्ट बनाउन, मेडिकल गर्न, विभिन्न तोकिएका शुल्क तिर्न, हवाइ टिकट काट्न र म्यानपावर व्यवसायीलाई सेवा शुल्क तिर्न गरेको खर्चका आधारमा ऋण दिने व्यवस्था गर्ने तयारी छ ।

 

तर, फ्रि भिसा र टिकटको नीतिका कारण ठूलो दरमा ऋण उपलब्ध गराउन सकिने अवस्था भने नरहेको श्रम मन्त्रालयका एक अधिकारीले बताए । सरकारले मलेसियासहित ६ वटा खाडी मुलुकमा श्रमिकलाई फ्रि भिसा फ्रि टिकट नै पठाउनुपर्ने नीति बनाएको छ ।

 

फ्रि-भिसा फ्रि टिकट दिएको देखिने गरी प्रक्रिया पूरा नगरेमा पूर्व र अन्तिम श्रम स्वीकृत नपाइने व्यवस्था छ । मलेसियासँग त श्रमिकले गर्ने सबै खर्च रोजगारदाताले ब्यहोर्ने गरी श्रम समझदारी भएको छ । यो व्यवस्था कार्यान्वयन गर्न भने सरकार उदासीन छ ।

भविष्यमा म्यानपावर एजेन्सीले शुल्क बढेको नाममा हाल उठाइरहेको भन्दा धेरै सेवा शुल्क असुल्ने वातावरण तयार गर्न सरकार नै अग्रसर रहेको आरोप श्रम आप्रवासन विज्ञहरुले लगाउँदै आएका छन् । सबै श्रम गन्तव्य मुलुकमा फ्रि भिसा फ्रि टिकटको नीति अवलम्बन गर्न सके थोरै ऋण दिँदा पनि श्रमिक लाभान्वित हुने अवस्था रहेको श्रम मन्त्रालयका अधिकारीहरुरु स्वीकार्छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा