दमक क्याम्पसको १३ औं क्याम्पस सभा, दर्जनौं सम्मानित

दमक, कार्तिक २१
नेपालकै उत्कृष्ठ शैक्षिक संस्थामध्येमा पर्ने झापाको दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभा बुधबार सम्पन्न भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले विक्रम सम्बत २०३८ सालमा स्थापना भएको क्याम्पसले गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा पूर्व सांसद अर्जुन राई, दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, क्याम्पस पूर्व सञ्चालक सुरेश सुब्बासहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

सो अवसरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारीले सञ्चालक समितिको, क्याम्पस प्रमुख यज्ञराज गिरीले क्याम्पसको शैक्षिक एवम् आर्थिक र लेखा समिति संयोजक कुलबहादुर बस्नेतले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

 

चालु आर्थिक वर्षमा १३ करोड ५६ लाख ८९ हजार ३ सय १८ रुपैयाँ आम्दानी र १२ करोड ३७ हजार २ सय ८२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । साथै आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि १६ करोड १८ लाख ५० हजार ६ सय ५० रुपैयाँ आम्दानी र १४ करोड १० लाख ५४ हजार ७ सय ३० रुपैयाँ खर्चको अनुमानित विवरण पनि प्रतिवेदनमा प्रस्तुत छ ।

 

सो अवसरमा २५ वर्ष सेवा पुरा गरेका ९ जना प्राध्यापक, ९ जना कर्मचारीकासाथै पूर्व प्राध्यापक, पूर्व कर्मचारी र अक्षयकोष दाताहरुलाई सम्मानित गरिएको छ ।

सो क्याम्पसमा नेपालमा विज्ञानतर्फको नमूना प्रयोगशाला रहेको साथै ०६८ सालमा विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्यूएए प्रमाणपत्र प्राप्त गरी पूर्व क्षेत्रको प्रमुख शैक्षिक केन्द्र बनेको कार्यक्रममा चर्चा गरिएको छ ।

 

दमक क्याम्पसमा प्लस टुतर्फ व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षा, स्नातकतर्फ वीवीएस, वीए, वीएड, वीएस्सी, वीएसडब्ल्यू, वीवीए, वीसीए तथा स्नातकोत्तरतर्फ एमवीएस, एमए, एमएड, नेपाली, अर्थशास्त्र र अंग्रेजी विषयमा पठनपाठन हुँदै आएको छ ।
पछिल्लो समय सुविधासम्पन्न भवन समेत निर्माण भएर गुणस्तरीय पठनपाठनमा अग्रसर क्याम्पसमा हाल ४ हजार ३ सय ४३ विद्यार्थी अध्ययनरत छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा