नगरको नजर नपरेको विद्यालयमा ‘सानो प्रयास’को सानो पहल

दमक, कार्तिक २६
झापाको शिविसताक्षी नगरपालिका पूर्व पश्चिम राजमार्गमै पर्ने नगरपालिका हो । तर यो नगरलाई बजार केन्द्रित मात्रै योजना र कार्यक्रमको कार्यान्वयन गरिरहेको भन्ने आरोप लागिरहेको छ । अनि यो आरोप सत्य हो त भनेर दाँज्न यहि नगरको ४ नम्बर वडामा पर्ने पाथीभरा आधारभूत विद्यालयलाई हेरे पुग्छ । यहाँ अहिले पनि जीणर् भवन छन् । थोत्रे डेस्क बेञ्च । जंगलघारी भएको खेलमैदान छ । अलि ठूलो हावा आउने हो भने विद्यालयको छानो उडाएर उद्धाङ्गो नपार्ला भन्न सकिन्न ।

 

स्थानीय जनप्रतिनिधिले पालिकाको नेतृत्व गरेको ८ वर्ष हुन लाग्यो । तर यहाँ पालिकाको योजना र बजेट परेर नयाँ काम हुन सकेको छैन । यस विद्यालयका प्रधानाध्यापक दिलीप ताजपुरीयाले यहाँ नयाँ भवन त के कुरा विद्यार्थीहरु पोशाक बिहीन भएर विद्यालय आउने अवस्था रहेको र कम्तिमा त्यो स्थिती हटाउनकालागि सहयोग गरिदिन अपिल गर्नु भएको छ ।

 

यसै अवस्थामा सो विद्यालयमा सोमबार एक कार्यक्रमका बीच सबै विद्यार्थीहरुलाई झण्डै एक वर्षभरीलाई पुग्ने गरीको शैक्षिक सामग्री वितरण गरियो । दमकमा रहेको सानो प्रयास यूवा समाज नामक सस्थाले ती सामग्री वितरण गरेर विद्यार्थीको पोशाकको समस्या समाधानको प्रयास गर्यो ।

 

यहीँको सताक्षी न्यूज नामक अनलाईन पोर्टलमा यस विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीको अभाव भन्ने कुरा थाह पाएर यो कार्यक्रम यहाँ ल्याइएको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो ।

 

कार्यक्रमको प्रमुख अतिथि रहनु भएका कोशी प्रदेशका सांसद राधाकृष्ण खनालले विद्यालयमा धेरै कुराको आवश्यकता रहेको आफुले महसुस गरेको भएपनि ती सबै पुरा गरिहाल्न तत्काल नसकिएको उहाँले बताउनु भयो ।

 

कार्यक्रमपछि उज्यालो खवरसँग संक्षिप्त कुरा गर्दै ४ नम्बर वडाध्यक्ष बिष्णु प्रसाईले नगरले अहिलेसम्म यो विद्यालयमा योजना हाल्न नसकेको स्वीकार गर्नु भयो । आगामी वर्ष भने विद्यालयको योजनामा राखेर केही भौतिक तथा अन्य कुरामा काम गराउने उहाँको प्रतिवद्धता छ ।

 

आयोजक सस्थाकी सदस्य तनुजा दुलालको जन्मदिनको अवसर परेर आयोजना गरिएको शैक्षिक सामग्री वितरण कार्यक्रममा संस्थाका सल्लाहकार राम पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी एवं अन्य विभिन्न सामाजिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि