६ हजार बढी गाई संरक्षणको गौशाला, दुई तले गोठ, सम्वद्र्धनमा हरेक वर्ष महायज्ञ

दमक, कार्तिक २७
एकै ठाउँमा ६ हजार भन्दा बढी गाई । ५ हजार भन्दा बढी स्थानीय समुदायलाई निःशुल्क हस्तान्तरण । कुनै पनि गाईको किनबेच हुँदैन । गाईले दूध दिउँन्जेल घरमा पाल्ने र थारो भएपछि यहीँ ल्याएर छोडिदिने ।

 

गाई धार्मिक रुपमा मात्रै नभएर वैज्ञानिकरुपमा पनि मानव जीवनसँग जोडिएको जीव हो । किनकि, विशेष हिन्दु शास्त्रमा त जन्मेदेखि मृत्यू पर्यन्त गाई चाहिन्छ । सवैका लागि दूध पिउन होस् वा दूधजन्य अन्य सामग्री । गाईको दूध र गहुँत समेत मानव जीवनका लागि प्रभावकारी मानेर विज्ञानले समेत पुष्टि गरेपछि गाई र मानव जीवनको सम्बन्ध अन्योन्यास्रित जस्तै छ ।

 

 

त्यसैले गाईलाई बेच्न हुँदैन, मार्न हुँदैन । बाचुञ्जेल सेवा गर्ने । दूध दिउन्जेल सेवन गर्ने हो । कालगतिले कुनै गाईको मृत्यू भएमा मात्रै उसको जीवन सकिन्छ । यत्ति कुरा आम मानिसलाई बुझाउनका लागि झापाको शिवसताक्षीस्थित सताक्षीधाममा एकजना सन्त बिगत एक दशकदेखि बसिरहनु भएको छ । उहाँको नाम हो नन्द किशोर महाराज ।

 

वर्षेनी गौ रक्षाका लागि भन्दै निकै ठूला महोत्सव लगाउनु हुन्छ । देश बिदेशबाट दिग्गज व्यक्तित्वहरुलाई समेत बोलाएर गाईको किन संरक्षण गर्ने, यसका फाइदा के हुन भनेर प्रवचन नै सुनाइन्छ । यसखाले प्रवचनपछि अहिले केही समुदायमा गाईको किनबेच घटेको छ । पाल्न नसक्नेहरुले यहाँ ल्याएर गाई छोडिदिन्छन् अनि गाईको सेवा गर्न चाहनेले यहीँ आएर गाई लिएर जान्छन् । अहिले यो क्रम यहाँ निरन्तर चलिरहेको छ ।

 

त्यसैले अहिले पनि यहाँको गोठमा ६ सय बढी गाई रहेका छन् । सबैलाई खान र बस्नका लागि व्यवस्था मिलाइएको छ । दुई तलेसम्मको गाईको गोठ पनि यहीँ बनिरहेको छ । दिनभरी जंगलमा चर्न गएका गाई साँझमा फर्केपछि पक्की गोठमा आनन्दले बस्न पाएका छन् ।

कुनै बेलाको अनकण्टार सताक्षीधाम अहिले भने भव्य संरचना सहित सबैको आँखामा पर्न सकेको छ । यहाँ अहिले भव्य भव्य मन्दिरहरु बनेका छन् । पूजा अर्चनाका लागि भक्तजनलाई सहज संरचना बनाइएको छ । गुरुकुल पद्धतिमा संस्कृत पढाउन छुट्टै भवन छ । ज्येष्ठ आमा बुबाको सेवा गर्न बृद्ध सेवा घर बेग्लै छ । यहाँ अहिले पनि हेरालु तथा अन्य कर्मचारी सहित गरेर ५० बढीले रोजगार पाएका छन् । सबैलाई छुट्टा छुट्टै बस्ने ठाउँ बनाइएको छ ।

 

आशा, आस्था, विश्वास अनि भरोसाका साथ काम गर्ने हो भने अभाव र समस्या कहिँबाट सिर्जना हुँदैन रहेछ । यहाँ अहिलेसम्म जति पनि संरचना निर्माण भएका छन्, ती सबै भक्तजनको भेटी, सहयोगी मनहरुको सहयोगबाट भएको हो । कुनै पनि सरकारी बजेट र कार्यक्रम यहाँ खास पर्न सकेको छैन ।

 

यो ठाउँ महाभारतकालीन सन्दर्भसँग जोडिएको धार्मिक मात्रै नभएर प्राकृतिक रुपमा पनि निकै सुन्दर छ । शान्त वातावरणले यहाँ पुग्ने सबैको मनलाई लोभ्याउछ ।

 

गाईको संरक्षण किन गर्नु पर्छ भनेर यो वर्ष पनि फेरि अर्को महायज्ञ यहाँ लाग्दैछ । मंसिर १४ देखि २४ गतेसम्म (११ दिवसीय) गोरक्षा महोत्सव हुने भएको हो ।

 

गोलोक गोवर्धन गौशालाको आयोजनामा हुने यो दशौँ धार्मिक महोत्सव हो । महोत्सवमा धनधान्याञ्चल ज्ञान महायज्ञ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्री तुलसी शालिग्राम , श्री सीताराम विवाह तथा लिङ्ग महापुराण कथा प्रवचन हुने छ । साथै यो पटक चाहि यहाँ ५१ फिट अग्लो सवा करोड रुद्धाक्षको दानाबाट शिवलीङ्ग पनि स्थापना गरिँदैछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो