ढकाल निर्वाचित

प्याब्सन प्रदेश १ को अध्यक्षमा टिकाराम ढकाल

tika-dhakal

 

झापा /
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश १ को अध्यक्षमा टिकाराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । मोरङको उर्लाबारीमा भएको प्याब्सन प्रदेश १ को तेस्रो अधिवेशनबाट ढकाल अध्यक्षमा निर्विरोध निर्वाचत भएका हुन् ।मोरङको सुन्दरहरैचास्थित ब्राइट फ्युचर स्कूलक प्रबन्धक निर्देशक रहेका ढकाल यसअघि मोरङ प्याब्सनको पुर्व अध्यक्ष पनि भइसकेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले निजि बिद्यायलयको सस्थागत बिकासका लागि कृयाशिल भएर लागि पर्ने उनले बताए । आगामी दिनमा अझ इमान्दरिताका साथ संगठनको जिम्मेवारी बहन गर्ने उनको भनाई छ ।


प्याब्सनको तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उर्लाबारीस्थित पशुपति स्कूलका सुमित थापा, उपाध्यक्षमा इटहरीस्थित मोडल स्कूलका ज्ञान कुमार दाहाल, मोरङको सुन्दरहरैचास्थित सिद्धार्थ सेकेण्डरी स्कूलका अर्जुन बस्नेत, सचिब झापाको दमकस्थित एभरेष्ट स्कूलका कोषराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै सहसचिब इनरुवा बोर्डिङ स्कुलका विष्णु प्रसाद कोइराला, कोषाध्यक्षमा विराटनगरस्थित ज्ञानोदय विद्या निकेतनका राजेश आचार्य, सहकोषाध्यक्ष झापाको प्रज्ञा एकाडेमीका युसुभ पाण्डे रहेका छन् ।यस्तै सदस्यहरुमा भानुभक्त राजवंशी, ज्ञानकुमार लिम्बू, रुक्मीणा गौतम, निश्चलराज शाक्य र भुवन श्रेष्ठ निर्वाचित भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित