विजेताले नगद १० लाख पाउने

बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने

बिर्तामोड, मंसिर ३ ।

झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।

क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।

झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । यसअघि सोही रंगशालामा गुरुङकै अगुवाईमा झापा गोल्डकपको सुरुवात भएको थियो ।

पत्रकार सम्मेलनमा गुरुङले फुटबलको राजीनित गरेर नेता बन्नभन्दा पनि फुटबलको विकास गर्दै खेलाडी उत्पादनका लागि प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
झापा ११ एफसीको प्रवर्धन तथा सञ्चालनका लागि सोबेला प्रतियोगिता आयोजना गर्ने उद्देश्य राखिए पनि कार्यान्वयन नभएको चौतर्फी चर्चा हुने गरेको छ ।
११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।

त्यस्तै, विराट गोल्डकप, कटारी गोल्डकप, भाइभ्याली गोल्डकप, मानेभञ्ज्याङ गोल्डकप, भीमनारायण गोल्डकप, काँकरभिट्टा गोल्डकपजस्ता प्रतियोगिताहरुमा विजेता भएको झापा ११ सिक्किमको गभर्नर्स गोल्डकप तथा झापा गोल्डकपको पाँचौँ संस्करणसम्म उपविजेता रहेको छ ।

यो सिजन मोरङको बेलबारीमा सम्पन्न बेलबारी गोल्डकपको उपाधि हात पारेर उत्कृष्ट लयमा रहेको पुष्टि गरिसकेको क्लबका अध्यक्ष गुरुङले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा