कूल कमाइ १ अर्ब ४ करोड ६४ लाख

नेपाली फिल्मको व्यापार, २ महिनामा झण्डै १ अर्व बढिको कारोबार, कस्को कति कमाई ?

काठमाडौ,
पछिल्लो दुई महिनामा नेपाली फिल्महरुले १ अर्बको व्यापार गरेका छन्। असोज पहिलो साता रिलिज भएको ‘खुस्मा’ देखि ‘ह्रस्व दीर्घ’ सम्मका फिल्मले सय करोडको आकंडा पार गरेका हुन्।

असोज ३ गते रिलिज भएको फिल्म ‘खुस्मा’ ले ६ करोड बढी कमाइ गरेको थियो।

त्यसैगरि, दसैंमा रिलिज भएका फिल्महरु पनि दर्शकहरुको रोजाइमा परे। असोज १७ गते घटस्थापनाको दिन हलमा लागेको स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ चार करोड बढी कमाइ गरेको थियो।

जितु नेपालको ‘ज्वाइँ साब’ ले पनि ४ करोड नै कमाएको थियो। भनेदीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ ले २० करोड कमायो । योसगै प्रदर्शनमा आएको

विराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ ले साढे २५ करोडको व्यापार गर्यो ।

कात्तिक १५ गतेदेखि रिलिज भएको ‘पूणर्बहादुरको सारंगी’ ले त बक्सअफिसमा सुनामीनै ल्यायो।

विजय बरालको मुख्य भूमिका रहेको यो फिल्मले सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ। एकैदिन धेरै कमाउने फिल्मसहित अत्याधिक सो पाउने फिल्मको रेकर्ड पनि कायम गरिसकेको फिल्मले घरेलु बक्सअफिसमा मात्रै ३९ करोड ७४ लाख कमाइसकेको छ।

त्यसैगरि, कात्तिक ३० गतेबाट प्रदर्शनरत नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ यतिखेर राम्रो कमाइ गरिरहेको छ। निर्माणटिमले दिएको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले ६ दिनसम्म ५ करोड ४ लाख कमाइ सकेको छ।

विगत दुई महिनामा नेपाली फिल्मको कूल कमाइ १ अर्ब ४ करोड ६४ लाख पुगिसकेको छ। जुन नेपाली फिल्म इतिहासकै छोटो समयमा बनेको कमाइ हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा