काठमाडौ,
पछिल्लो दुई महिनामा नेपाली फिल्महरुले १ अर्बको व्यापार गरेका छन्। असोज पहिलो साता रिलिज भएको ‘खुस्मा’ देखि ‘ह्रस्व दीर्घ’ सम्मका फिल्मले सय करोडको आकंडा पार गरेका हुन्।
असोज ३ गते रिलिज भएको फिल्म ‘खुस्मा’ ले ६ करोड बढी कमाइ गरेको थियो।
त्यसैगरि, दसैंमा रिलिज भएका फिल्महरु पनि दर्शकहरुको रोजाइमा परे। असोज १७ गते घटस्थापनाको दिन हलमा लागेको स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ चार करोड बढी कमाइ गरेको थियो।
जितु नेपालको ‘ज्वाइँ साब’ ले पनि ४ करोड नै कमाएको थियो। भनेदीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ ले २० करोड कमायो । योसगै प्रदर्शनमा आएको
विराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ ले साढे २५ करोडको व्यापार गर्यो ।
कात्तिक १५ गतेदेखि रिलिज भएको ‘पूणर्बहादुरको सारंगी’ ले त बक्सअफिसमा सुनामीनै ल्यायो।
विजय बरालको मुख्य भूमिका रहेको यो फिल्मले सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ। एकैदिन धेरै कमाउने फिल्मसहित अत्याधिक सो पाउने फिल्मको रेकर्ड पनि कायम गरिसकेको फिल्मले घरेलु बक्सअफिसमा मात्रै ३९ करोड ७४ लाख कमाइसकेको छ।
त्यसैगरि, कात्तिक ३० गतेबाट प्रदर्शनरत नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ यतिखेर राम्रो कमाइ गरिरहेको छ। निर्माणटिमले दिएको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले ६ दिनसम्म ५ करोड ४ लाख कमाइ सकेको छ।
विगत दुई महिनामा नेपाली फिल्मको कूल कमाइ १ अर्ब ४ करोड ६४ लाख पुगिसकेको छ। जुन नेपाली फिल्म इतिहासकै छोटो समयमा बनेको कमाइ हो।









