सामूहिक उत्पादनमा लगानी

कोरियामा कर्म गरिरहेकाहरुको परिवारलाई वित्तीय साक्षर बनाइँदै

दमक, मंसिर ८
परिवारका सदस्य कोरियामा काम गरिरहेका छन् भने उनीहरुको पारिवारमा ती सदस्यको कमाईले के प्रभाव पारिरहेको छ भन्ने बारेमा बुझ्ने काम भएको छ ।
साथै कोरियाको कमाईलाई नेपालमा कसरी उत्पादनमा लगाउने र त्यसमा परिवारको भूमिका के हुन्छ भन्नेबारेमा एकदिने अभिमुखीकरण तालिम पनि सम्पन्न भएको छ ।

 

दमकमा कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी अर्थात (कोइका)को आर्थिक सहयोगमा के-हामी परियोजनाले कोरियामा काम गरिरहेका नेपालीका परिवारसग संवाद गरेको छ ।

 

कोरियामा काम गरिरहेका नेपाली युवाहरुलाई नेपाल फर्केर गर्नसक्ने उद्धम तथा पेशाका बारेमा कोरियामा नै तालिम दिई स्वदेश फर्केपछि फेरि विदेश जानु नपर्ने परिस्थती निर्माण गर्न त्यसको जग नेपालमा रहेका परिवारले पहिलैदेखि सुरु गरिदिने हो भने कोरियाको कमाईलाई यहाँ उत्पादनमा जोड्न मद्यत पुग्ने विश्वास व्यक्त गर्नु हुन्छ के-हामी परियोजनाका कार्यक्रम संयोजक दिपक न्यौपाने ।

 

कार्यक्रममा झापा र मोरङका गरी १ सय भन्दा बढी परिवारको सहभागिता रहेको थियो । दमक २ स्थित दमक फन पार्कमा सम्पन्न भएको कार्यक्रममा कोइका परियोजना प्रबन्धक कोरियन नागरिक यङ यल स ले पैसाको प्रयोग र यसको चलायमानताले अर्थतन्त्रमा पार्ने प्रभाव र असरका बारेमा सरल ढंगले प्रस्तुति दिनु भएको थियो ।

 

अधिकांश सहभागी दमकका रहेका थिए भने यो कार्यक्रमको उद्धघाटन पनि दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले गर्नु भएको थियो । कार्यक्रमको स्थानीय व्यवस्थापन कोरियाबाट फर्कनु भएका राम पौडेलले गर्नु भएको थियो । कार्यक्रममा कोरियाबाट आफ्ना परिवारका सदस्यहरुले पठाएको पैसाको सही सदुपयोग गर्दै सामूहिक उत्पादनमा लगानी गराउन सकियोस् भन्ने उद्धेश्य राखिएको थियो ।

 

भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा