अनुशीलन

‘स्वीकारोक्ति’ मार्फत फरक पहिचान निर्माणको अभियानमा डेन्जोम

दमक, मंसिर ११
मानिसलाई जति समस्या भयो, जति पीडा भयो उ भित्र त्यति नै सृजनाको बाटो खुल्ने सम्भावना हुँदो रहेछ । देशै खोसिएको पीडा भन्दा ठूलो पीडा के होला र ?
देशै खोसिएको पीडामाझ झापाको दमकस्थित बेलडाँगी शिविरमा रहँदै आफूलाई सृजनशील बनाउने काममा अलि फरकपन थियो डेन्जोम साम्पाङ राईको ।

 

स्वतन्त्रताको आवाज बुलन्द गर्दा भूटानबाट लखिटिनु परेका नेपालीभाषीमध्येका डेन्जोम पनि शिविरमा साहित्य र कलाका गतिविधिमा सामेल बन्दै जानु भयो । त्यहाँ खडा भएको ग्लोबल भूटनीज लिटरेरी अर्गनाइजेसन (जीबीएलओ) अनि त्यसमार्फतको ग्लोबल पोष्ट इन्फोमा आवद्ध बन्नु भयो । जसमार्फत सृजनाका गतिविधिहरु प्रशस्त भए । त्यही बेला अर्थात आजभन्दा १२ वर्ष अघि डेन्जोमकै अवधारणामा ‘स्वीकारोक्ति अभियान’ नामक एउटा फरक चिन्तन जन्मियो ।

 

भूटान फर्किने दर्बिलो पहल हुन नसक्दा तेस्रो मुलुक पुनस्र्थापनको वाद्यतामा परेपछि डेन्जोम पनि अमेरिका पुनर्वास हुनु भयो । आफू अमेरिका पुगेसँगै स्वीकारोक्तिलाई पनि अमेरिकामा पुगेर अझ त्यसलाई परिस्कृत गर्दै विश्वमा नेपाली माटोको सुगन्ध चिनाउने प्रयत्नमा उहाँको समूह लागिपरेको छ । संस्थाले सन् २०२३ र २०२४ मा अमेरिका, युरोपका देशहरु तथा भारत र नेपालमा समेत स्वीकारोक्तिको अवधारणाको विस्तारमा सृजनशील यात्रा अघि बढायो ।
स्वीकारोक्ति अभियानबाट यसबेला फाउण्डेशन बनेको स्वीकारोक्तिका प्रवर्तक तथा अध्यक्ष रहेर उहाँको अगुवाईमा सृजनासहितको दर्शनउन्मूख फरकपनको गतिविधि त छ नै । त्यसकासाथै अमेरिकामा सक्रिय हिसावले सृजनशील गतिविधि गर्दै आएको उही जीबीएलओका पूर्व अध्यक्ष, ग्लोबल फेडेरेशन फर नेपाली लिटरेचरको उपाध्यक्ष भएर समेत उहाँले तेस्रो मुलुकमा नेपाली भाषा,साहित्य, कला र संस्कृति जोगाउने कामको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

 

अमेरिकाको टेक्ससमा बस्दै आउनु भएका उहाँले सृजनशीलसहितका समग्र गतिविधिलाई आफू आवद्ध सञ्चारमाध्यम ग्लोबल पोष्ट इन्फो, एङगल्स टाइम्स र मूल्य बोथमा प्रकाशन प्रशारण गर्दै आउनु भएको छ ।

 

भूटनिज सोसाइटी अफ टेक्ससका पूर्व अध्यक्ष, सोमा लक्जित फाउण्डेशनका पूर्व अध्यक्ष भएर सामाजिक काममा पनि उत्तिकै सक्रियता छ उहाँको । बीकम हुँदै विज्ञानमा स्नातकोत्तर गर्नु भएका उहाँ यसबेला विद्यावारिधिको प्रक्रियामा हुनुहुन्छ । इन्फरमेशन टेक्नोलोजिमा पोख्त उहाँ विशेषज्ञ सफ्टवेयर विकासकर्ता कम्पनी ‘जाभा’मा जागिरे जीवनमा आवद्ध हुँदैजाँदा सन् २०२३ बाट भनें वान फेमिली होम केयरको सीइओ भएर कार्यरत हुनुहुन्छ । त्यहाँ आफ्नो व्यवसाय समेत गर्न थाल्नु भएको छ ।

 

ग्लोबल नेपाली लिटरेरी गुडविल एम्बासेडरको उपाधि समेत पाउनु भएका उहाँ नेपालीभाषी भूटानीसहित समग्र नेपाली भाषा, साहित्य, कला र संस्कृति संरक्षण गर्दै आफूलाई अन्तर्राष्ट्रियस्तरमा फरक दर्शन दिएर स्थापित हुने जोडबलमा हुनुहुन्छ ।

प्रस्तुत उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रमको यो भिडियो संवाद ः

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८